थप आठजना संक्रमितको निधन, संक्रमणबाट हालसम्म तीन सय ७९ निधन

प्रकाशित मिति:

काठमाडौ- २४ घन्टाभित्र कोरोना संक्रमित थप आठजनाको निधन भएको छ ।

मृत्यु हुनेमा चार महिला र चार पुरुष छन् ।

योसमेत संक्रमणबाट नेपालमा निधन हुनेको संख्या तीन सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंका दुई महिला, काभ्रेपलाञ्चोकका एक महिला र एक पुरुष, सुनसरीका एक पुरुष, सप्तरीका एक पुरुष, बाराकी एक महिला र कास्कीका एक पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।                                                                                                             #कोरोना #मृत्यु