भ्रष्टाचार नियन्त्रणको पाटोमा सरकार उदासिन ः शाह

प्रकाशित मिति:

नेपाली काङ्ग्रेसका नेता एव लेखा समिती सभापती भरत कुमार शाहले देशमा बढदो भ्रष्टाचार नियन्त्रण प्रति सरकार उदासीन भएको बताएका छन ।शाहले कोरोना देखि लिएर राज्यको हरेक अंगमा मौलाउदै गएको भ्रष्टाचार नियन्त्रणको सट्टा कम्युनिष्ट सरकार कुनै न कुनै बहानामा प्रजातन्त्र मासेर जनता माथि एकतन्त्रीय तानाशाही ब्यवस्था लादन खोजेको आरोप समेत लगाए । नेपाली काङ्ग्रेस रुपन्देहीका पुर्व उपसभापति एव बि पि बिचार राष्ट्रिय समाज रुपन्देही क्षेत्र नम्बर ५(ख) सभापती अमिरका कोहारको मृत्यु भएको नवौ दिनमा गरिएको श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।

अर्को शब्दमा उनले कम्युष्टिहरुको तानाशाह ब्यवस्था बिरुद्ध काँग्रेस कार्यकर्ताहरु एक ढिक्का भई बीपी बिचार द्वारा प्रतिवादित समाजबादी ब्यवस्था अगाडी बढनु पर्ने कुरामा जोड दिए ।कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य फकरुद्दिन खानले समाजको क्षेत्रीय सभापतिको मृत्यु भएको अवस्थामा उहाले अगाडि बढाएका एतिहासिक कामहरुलाई निरन्तरता दिन आवश्यक रहेको बताए । उनले पार्टिले हरेक दुखमा साथ दिने बताए । कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस पुर्ब जिल्ला सभापति रामचन्द्र ढकालले कोहारको जन्म र कर्म भुमिमा राम्रो छाप चाडेडेको बताए । उनले काङ्ग्रेस पार्टिलाई बचाई राखेको बताउदै काङ्ग्रेसको चम्किलो तारा भएको बताए । उनले दबिएको स्थानबाट उठेर यहाँ सम्म आएको बताए ।

यस्तै पार्टी जिल्ला उपसभापति फणीन्द्र शर्मा बोल्दै कोहारले बिपन्न र पिछडिएकाकाको बर्ग सङ सम्बन्ध सुधार गर्दै सङठन बिस्तार गर्दै आउनु भएको बताए । उनले चाहेको सपना संगठनले अगाडि बढाउनु पर्ने बताए ।समाज जिल्ला सल्लाहकार बिष्णु पोख्रेलले बोल्दै कोहारको मृत्युले नेपाली काङ्ग्रेसमा ठूलो अभिभावक गुमाएको बताए । उनको परिवारको दुखमा समाजले साथ दिन सकोस भन्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।लुम्बिनी सास्कृतिक नगरपालिका ३ ठूलो पडरिया लुम्बिनिमा भएको कार्यक्रममा बिपि बिचार राष्ट्रिय समाजका रुपन्देही अध्यक्ष सरद भट्टराई, समाज सचिव कृष्ण पोख्रेल, समाजका क्षेत्रीय उपसभापति असोक गोस्वामी, समाज जिल्ला उपाध्यक्ष सारदा गौतमलगाएतले बोलेका थिए ।