बन्दाबन्दीमा प्रहरीको सक्रियता बढ्यो

३१ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


श्रीकृष्ण सिग्देल-कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका बेला अपराधिक क्रियाकलाप बढ्न थालेपछि स्याङ्जामा प्रहरीले सक्रियता बढाएको छ । चोरी शिकारी देखि जुवातास खेल्ने क्रम बढेपछि प्रहरीले अपराधिक क्रियाकलाप न्युनिकरण गर्न सक्रियता बढाएको हो । प्रहरीले एक सातामा भरुवा बन्दुक सहित बाघको जस्तो देखिने हड्डी देखि गाँजा सप्लाई तथा सेवन कर्ताहरु पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका ७ मोहरीया बस्ने बर्ष ६९ को भिमबहादुर ठकुरी र सोही ठाँउका ६० बर्षिय ओमबहादुर हमाललाई एक नाले ४ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ । ठकुरीको घरबाट इजाजत नभएको १ नाले भरुवा बन्दु एक थान, १ नाले १२ बोरको बन्दुक १ थान सहित बन्दुकमा प्रयोग हुने सामाग्री र हमालको घरबाट इजाजत नभएको एक नाले भरुवा बन्दुक २ थान सहित बन्दुकमा प्रयोग हुने सामाग्री सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनीहरुको गतिविधिमा शंका लागेर खानतलासी गर्दा इजाजत नलिएर लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रवक्ता अधिकारीले बताए ।जिल्ला अदालत स्याङ्जाबाट २५ दिनको म्याद थप लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । त्यस्तै पुतलीबजार १३ आहाले बस्ने केहरसिंह नेपालीले बाघको हड्डी लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा नेपालीको घर खानतलासी गर्दा हड्डी फेला परेको जनाएको छ ।

प्रहरीले बाघको जस्तो देखिने शरिरको टाउको, बङ्गरा सहित च्यापु सहित ८१ थान हड्डी बरामद गरि नेपालीलाई नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयलाई बुझाएको जनाएको छ । त्यसै गरी प्रहरीले अबैध लागुऔषध/गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाबाट ५ सय ४८ ग्राम गाँजा सहित पक्राउ गरेको जनाएको छ । गाँजा सहित पक्राउ पर्नेमा पुतलीबजार ८ का विनबहादुर सिंह र भारतको बेतिया जिल्ला वडा नम्वर १० चैलाभार पश्चिम बिहार घर भई पुतलीबजार नगरपालिका वडा नं. ३ बस्ने वर्ष २५ का संजिबकुमार सिंह र वर्ष १८ का रहमदिन आलम रहेका छन् । गाँजा सहित पक्राउ परेका भारतीय नागरिकसँग १ सय २ ग्राम गाँजा भेटिएपछि सोधपुछ गर्दा सिंहसँग गाँजा खरिद गरेको बताएपछि उनी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता अधिकारीले जानकारी दिए ।

पक्राउ परेको तीनै जनाको जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बन्दाबन्दीको बेला अपराधिक क्रियाकलाप बढ्न सक्ने अनुमान गर्दै प्रहरीले सक्रियता बढाए सगै धमाधम अपराधिक क्रियाकलापमा संलग्न पक्राउ पर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय मातहतका सबै ईकाईहरुलाई कोरोना जोखिमबाट उच्च सर्तकर्ता अपनाउदै शान्तिसुरक्षाका लागि खटेर लाग्न प्रहरीहरुलाई निर्देशन दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र वोगटीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु