रूपन्देहीमा आधारभूत जनपत्रकारिता तालिम

प्रकाशित मिति:

अनिल नेपाली ,अर्घाखाँची-जनबाटो मिडिया प्रालिद्धारा आधारभुत पत्रकारिता तालिम एक कार्यक्रमका बीच रुपन्देहीमा सम्पन्न भएको छ । आठ जिल्लाका प्रशिक्षार्थीहरु सहभागिता रहेको उक्त कार्यक्रममा आमसञ्चार र सञ्चार माध्यमको आवश्यकता, मिसन पत्रकारिताको महत्व, रिपोर्टरमा हुनुपर्ने गुण, अनलाइन पत्रकारिता, रेडियो उद्घोषण, मिसन पत्रकारितामा रिपोर्टिङ कला, अन्तरवार्ताको महत्व, खोज पत्रकारिता, सम्पादकीय लेखन, फिचर लेखन, फोटो पत्रकारिता, जनपक्षीय पत्रकारितामा केन्द्रीत रही तालिम तथा प्रशिक्षण दिइएको थियोे ।

१५ जना प्रशिक्षार्थीको सहभागिता रहेको तालिमका प्रशिक्षक खोमा तरामु मगर र अनिल नेपालीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट आफनो अनुभुतिजन्य मन्तव्य राख्दै प्रशिक्षार्थी इन्दु वली र सागर विकले तालिममा प्राप्त गरेका ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले पत्रकारिताको तालिमले नयाँ उत्साह पैदा गरेको भन्दै श्रमजीवी वर्गको पक्षमा कलम चलाउने बताए । कार्यक्रम खोमा तरामु मगरको अध्यक्षता पत्रकार अनिल नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।