गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सोह्र सय बक्स निशुल्क खाधन्न वितरण गर्यो।

प्रकाशित मिति:

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ।  तर यस फाउण्डेशनको कृयाकलाब अथवा गतिविधिहरु न्युयोर्क शहरको मेयर कार्यालय, ब्रुक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकन गर्नु भएको जानकारीका साथ वहाँहरुकै अनुरोधमा फाउण्डेशनले फेरि निशुल्क खाधन्न वितरण कार्यक्रम सुरु गर्ने जमर्को गरेको छ। यस फाउण्डेशन ले विभिन्न समुदायका दस हजार जना भन्दा बढी मा सेवा पुराएको अनुमान छ।”सेवा नै धर्म” हो भन्ने नारा का साथ फाउण्डेशन समाज सेवामा समर्पित भएर अघि बढी रहेको छ।

१६०० शुद्व तरकारी को बक्स(प्रतेक बक्समा २५ पाउण्ड) स्टालवार्ट्स युथ की अध्यक्ष डिम्पल वईलाबस वाट यस फाउण्डेशनलाई सहयोग गर्नु भएको थियो।  १४०० बक्स विभिन्न संघ संस्था का प्रतिनिधिहरु ले ब्रुक्लीन वेरहाउस वाट आफै उठाउनु भएको थियो। स्टालवार्ट्स युथ की अध्यक्ष डिम्पल वईलाबस सँग सहकार्य गरी निशुल्क शुद्व तरकारी वितरण गरिएको हो। उनले यसै फाउण्डेशनलाई १६०० बक्स शुद्व तरकारी (प्रतेक बक्समा २५ पाउण्ड) सहयोग स्वरुप प्रदान गरेकी थिइन भने विभिन्न संघसस्थाका प्रतिनिधिहरुले आफ्नै सवारी साधन, जम्मा २२ वटा कार, २ वटा भेन र एउटा ट्रक लिएर वेरहाउसबाट आफैं उठाएका थिए भने यसै क्रममा मंगलवार, सेप्टेम्बर १५, २०२० बेलुका ६ बजे ७२-२४ ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्कमा २०० बक्स निशुल्क खाधन्न(शुद्व तरकारी) वितरण गरेको जानकारी यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले दिनु भयो।

गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले न्युयोर्कको ब्रुक्लीन र क्वीन्समा रहेका संघसंस्थाहरु क्रमश: लङ आईलेण्ड नेपाली समाज लाई यसै फाउण्डेशनका केन्द्रीय सदस्य विश्व बाँस्तोला र नरेन्द्र सुवेदि मार्फत ३० बक्स, युनाईटेड शेर्पा एसोसिएसन अमेरिकाका अध्यक्ष उर्गेन शेर्पा मार्फत ५० बक्स, ने.काँ. युवा नेता अनिल पाण्डे मार्फत १६० बक्स, ने.का. युवा नेता भोज राज ठोक्कर मार्फत २०, ने.का. युवा नेता विनोद सुवेदि मार्फत २० बक्स,पल्जु शेर्पा मार्फत २० बक्स, गोर्खा समाज अमेरिकाका सदस्य प्रदीप लामिछाने र जे पि गुरुङ मार्फत ४० बक्स, लाएन्स क्लव क्वीन्स बुद्वका उपा-अध्यक्ष बुद्व पौडेल मार्फत २० बक्स, स्याङजा समाज अमेरिका का मधुर गिरि मार्फत २० बक्स, नेपाली अमेरिकन कलाकार संघका पुष्कर बराल मार्फत २० बक्स, वेस्ट मेनेजमेन्ट ब्रुक्लिनका डेरिल परसाद मार्फत ३०० बक्स, तिब्बतीयन कम्युनिटि एन वाइ-एन जे की तेन्जिन टिस्याङ मार्फत १०० बक्स, एन.आर.एन अमेरिकाका सल्लाहकार श्याम काजि गुरुङ र ने.का. युवा नेता अन्जन चौंलागाई मार्फत २० बक्स, रिजहुड समाज अमेरिका का राज कुमार भण्डारि मार्फत ५५ बक्स, चेत प्रसाद अमगाई मार्फत २० बक्स, एभरेस्ट टाईम्सका प्रधान सम्पादक आङ छिरिङ शेर्पा मार्फत २० बक्स, निमा शेर्पा मार्फत २० बक्स, तिर्थ खडका मार्फत २० बक्स, यसै फाउण्डेशनका केन्द्रीय सदस्य एवं लोक गायक बिमल डाँगी मार्फत २० बक्स, गयानिज अमेरिकन समाजलाई ३०० बक्स र ल्याटिनो अमेरिकन समाजका वान गोन्जालेज मार्फत १०० बक्स शुद्व तरकारी गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले हस्तान्तरण गरेको थियो, ढुवानी गर्ने ट्रक ड्राईभर लाई ५ बक्स, तिब्बेतन कम्युनिटिका ट्रक ड्राईभरलाई ५ बक्स प्रधान गरियो भने बाँकी रहेको बक्स यसै फाउण्डेशनका केन्द्रीय सदस्य सुर्य सिमखडाले वितरण गर्नु भएको थियो।

फाउन्डेसनको निःशुल्क शुद्व तरकारी वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने स्वयंसेवीहरु क्रमशः ने.का. युवा नेताहरु क्रमशः पंकज सुब्बा, प्रेमलाल बुढा मगर, नारायण भट्टराई, कुमार खडका, प्रधुम्न रायमाझि, राजु घर्ती, लक्ष्मण पुन, नारायण भट्टराई, कुमार खडका, राम अधिकारी, यसै फाउण्डेशनकी महिला सदस्य रेखा श्रेष्ठ, ईन्डीयन अमेरिकन कम्युनिटीका सन्तलाल सिंह लगायत खटिनु भएको थियो।आ.डि.जि. का वरिष्ठ आयोजक सोहेल राना र समुदायिक नेता ह्यालिङ चेन को पनि उपस्थिति रहेको थियो। गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले द स्टलवार्ट्स युथकी अध्यक्ष डिम्पल विलाबस लाई धन्यवाद एवम् हार्द्वीक आभार व्यक्त गरेको छ ।