नवलपरासीमा काठ तथा बिभिन्न मालसामान बरामद

१ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


 

प्रकाश न्यौपाने
असोज १ गते
नवलपरासी । पश्चिम नवलपरासीमा बुधबार प्रहरीले २ लाख ८५ हजार मूल्य बराबर अवैध काठ सहित बिभिन्न मालसामान आज बरामद गरेको छ । सामुदायिक वन लगायत वन कर्मचारी र सुरक्षाकर्मीले वन संरक्षणका लागी वन गस्तीलाई तिव्रता दिएका संगै उक्त काठ बरामद गरिएको हो । बिश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण सम्भावित जोखिम लाई मध्यनजर गर्दै नेपालमा पनि गत चैत्र ११ गतेदेखी हालसम्म सरकारले लागु गरेको लकडाउनको कारण विभिन्न कलकारखाना उधोगधन्दा,व्यापार व्यवसाय बन्द रहदा बेरोजगारी बढ्दै जादा त्यसको असर बन क्षेत्रमा समेत परेको लकडाउनको मौका छोपी बन क्षेत्रबाट अवैधरुपमा काठ तस्करहरुले बन बिनास गर्दै गएको गुनासो बढको छ।यसै बिच गुनासो बढेसंगै सोही क्रममा बासाबसही प्रहरी चौकीको गस्ती टोलीले बुधबार राती काठ तस्कर सहित साइकल र अवैध काठ बरामद गरेको छ । बुधबार बिहान काचो सालको काठ अबैध रुपमा बन क्षेत्रबाट ल्याउदै गरेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरिएका सबैलाई बासाबसही प्रहरी चौकीमा ल्याईएकोमा थप कारवाहीका लागी बरामद सामान सहित बर्दघाट सरावल सव डिभिजन वन कार्यालय बर्दघाट पठाईएको बासाबसही प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक महेश रायमाझिले जानकारी दिनुभयो । पश्चिम नवलपरासीको सरावल गाउपालिका को वार्ड नं. २ स्थित देविनगरको भित्रि सडक खण्ड अन्तर्गत अवैधरुपमा सालको काठ ल्याउदै गरेको अवस्थामा बासा बसही प्रहरी चौकीबाट खटिगएको ४ जनाको गस्ती टोलीले उत्तरबाट दक्षिण तर्फ ६ वटा साईकलमा काचो सालको काठ ल्याउदै गरेको अवस्थामा ६ जना सहित ६ साईकल र ७ ओटा चौकस नियन्त्रण मा लिएको छ । पक्राउ परेकाहरुमा सरावल गाउपालिका १ बसहीका ३२ बर्षका ईन्द्रजित भर , बर्ष ४५ का थानेदार थारु , बर्ष ३६ को परमेश्वर चौधरी ,बर्ष ४५ को शेष नारायण थारु ,बर्ष ३८ को नगेन्द्र यादव र बर्ष ३५ को लक्ष्मण थारु रहेका छन् ।

थप अनुसन्धानका लागी बुधबार नै बरामद ७.३३ क्युफिट सालको चौकस र ६ थान साइकल सहित पक्राउ परेका व्यक्तिहरुलाई डिभिजन वन कार्यालय परासी पठाएको बर्दघाट सरावल शव डिभिजन वन कार्यालय बर्दघाटका सहायक वन अधिकृत राम नारायण शाहले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया