वामदेव गौतम राष्ट्रिय सभामा मनोनीत

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन्। बिहिवार  राष्ट्रपतिले गौतमलाई मनोनीत गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सदस्य पदमा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसपत्र पुगेपछि उनलाई राष्ट्रपतिले नियुक्त गरेकी हुन्।राष्ट्रिय सभामा एकजना महिलासहित तीनजना सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ।

२०७४ मा भएको प्रनितिधिसभाको निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए। लामो समयदेखि गौतम संघीय संसदको सदस्य हुन प्रयासरत थिए।