लोकतन्त्र तहसनहस पार्ने खेलोमा उत्रिएको सरकार जिम्मेवारविहिन ः भरत शाह

१ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


संसदीय लेखा समितिका सभापति भरत कुमार शाहले सरकारले जनताको पक्षमा केही काम नगरेको आरोप लगाएका छन् । जनताका मुद्धामा अब कांग्रेस अघि सर्ने भन्दै उनले दुईतिहाईको सरकारले अभिभावकत्व बहनको जिम्मेवारी निभाउन नसकेको बताए । नेकपा नेता तथा अगुवा कार्यत्रर्ता कांग्रसमा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शाहले जनताका लागि कांग्रेस सडकमा उत्रिएर आन्दोलन गर्न तयार रहेको जनाए । सभापति शाहले नेकपा सरकार हरेक पटक भ्रष्टाचारमा लिप्त भएको बताए । उनले लोकतान्त्रिक गणतन्त्र जोगाउने जिम्मेवारी नेपाली कांग्रेसको काधमा आएको बताउदै अब नेपाली कांग्रेस पहिलो पार्टी हुने दाबी समेत गरे । लोकतन्त्र तहसनहस गराउने नेकपाको खेलो अब धेरै नटिक्ने उनको भनाई छ । सरकारले राम्रो काम गरेका कुलमान घिसिङ जस्तो व्यक्तिलाई काम गर्न नदिएको तर्क गर्दै उनले नेकपाले जनताको पक्षमा काम गर्नै नचाहने बताए । उनले अदालत जस्तो न्यायिक क्षेत्रमा पनि राजनितिक भाग भाण्डाले कानुनलाई सत्ताको झोली भएको आरोप लगाए ।

रुपन्देहीका नेकपा अगुवा कार्यकर्ता कांग्रेस प्रवेश
रुपन्देहीका विभिन्न क्षेत्रका नेकपा अगुवा कार्यकर्ताहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउपालिकाका १० नेकपा अगुवा कार्यकर्ता बिहीवार एक कार्यक्रमका अवसरमा प्रवेश गरेका हुन । पार्टी नेता एव संसदिय लेखा समिती सभापति भरतकुमार शाहले पार्टी कार्यालय भैरहवामा पार्टी प्रवेश गराएका हुन । सैनामैना नगरपालिका नेकपा ५ वडा उपाध्यक्ष गणेश ज्ञवाली, बिप्लव निकट नेकपाका पुर्व दलित मुक्ती मोर्चा जिल्ला कोषाध्यक्ष एव अहिले सैनामैना नगर सदस्य ज्ञान बहादुर बिश्वकर्मा, नगर कमिटी सदस्य चिरञ्जीवी गौतम, ईन्द्रमणी पौडेल, ध्रुबराज ज्ञवाली, बल बहादुर बिक, बिष्णु ज्ञवाली, खुम प्रसाद पन्थी, दामोदर गौतम, कमल पौडेल प्रवेस गरेका हुन । दुई तिहाई बहुमत सहितको पार्टी सरकारमा रहेपनी सरकार र पार्टिको काममा असन्तुष्टि जनाउदै पार्टी प्रवेश गरेको नवप्रवेसी गणेश ज्ञवालीले बताए । कार्यक्रममा पार्टी जिल्ला सभापति अव्दुल रज्जाकले पार्टिलाई जनताले मतदान गर्न आतुर रहेको बताउदै पार्टी अब बलियो र एककृत बन्ने बताए । उनले अन्य पार्टी जनताप्रति उत्तरदायी नभएको बताउदै काङ्ग्रेसले जनताको पक्षमा काम गरेको बताए । सो अवसरमा पार्टी युवा नेता विष्णु पोख्रेलले बोल्दै नेपाली काङ्ग्रेस कहिल्यै झुठ नबोलेको बताउदै पार्टिले हरेक कार्यकर्ताको संरक्षण र स्थान दिदै जाने बताए । उनले अब काङ्ग्रेस बलियो बनाउन र सदस्यता वृद्धि गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र ५ का सभापती वसि उल्लाह मुसलमान, नेपाल तरुण दल रुपन्देही अध्यक्ष सोम बहादुर गुरुङ लगायतले बोलेका थिए ।
पार्टी उपसभापति फणिन्द्र शर्माको स्वागत तथा पार्टी जिल्ला सचिव रामकृष्ण खाणको संचालनमा भएको कार्यक्रमको संयोजन नेपाल तरुण दल सैनामैना कोषाध्यक्ष खेमराज पोख्रेलले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया