सातौं परिवार योजना दिवसको शुभकामना;  सुदर्शन वराल सामाजिक विकास मन्त्री

प्रकाशित मिति:

‘कोभिड –१९ को अवस्था, गुणस्तरीय परिवार योजना सेवाको निरन्तरता’ भन्ने नाराका साथ आज (शुक्रवार) मनाउन लागिएको सातौं परिवार योजना दिवसको अवसरमा सबैलाई शुभकामना ब्यतm गर्दछु ।

परिवार योजना सेवा महिला तथा पुरुषको प्रजनन् स्वास्थ्यको एउटा अभिन्न अंग हो र यस सेवालाई आधारभुत अधिकारको रुपमा नेपालको संविधानमा अंगिकार गरिएको स्मरण गर्दछु । त्यस्तै मातृ तथा नवजातशिशु मृत्युदर र रुग्णता घटाई स्वास्थ्य र दिगो विकासका लक्ष्य प्राप्तिकालागि परिवार योजना सेवाको सुनिश्चतता अपरिहार्य रहेको हामीलाई अवगत नै छ ।

प्रदेशको विशिष्ट जनसांख्यिक संरचना अनुसार परिवार योजना निर्माण गर्नुपर्ने आवश्यकता महशुस हुंदैछ । शहरी र ग्रामिण जनसंख्या, विविध धार्मिक, सांस्कृतीक समुदायका मुल्य र मान्यता तथा आजको वैज्ञानिक युग तथा योजनामा तादाम्यता मिलाउन सामान्य र विशिष्ट योजनाहरुको आवश्यकता देखिएको छ । विविधतायुक्त वर्ग जाति, भौगोलिकता, बनावट र उमेर, पेशा व्यवसाय अनुसार समेत परिवार योजना व्यवस्थापन गर्नु पर्ने आवश्यकता देखिदै आएको छ ।

प्रदेश सरकारले यस बिषयलाई आफ्नो ५ बर्षिय आवधिक योजनामा प्रााथमिकतामा राखी सेवाको पहुंच बढाउन विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । हाल कोभिड –१९ को यस परिवेशमा पनि सेवाको सुनिश्चिताको लागि स्वास्थ्यकर्मीले सुरक्षात्मक विधि अपनाई निरन्तर रुपमा परिवार योजनाको सेवा दिइरहेको अवस्था छ । यसैगरि विभिन्न निकायको सहकार्यमा जिल्लाहरुमा भिजिटिङ्ग सेवा प्रदायक तथा हेल्पलाइन मार्फतपनि सेवा र परामर्श दिने व्यवस्था मिलाइएको छ । तसर्थ सेवा प्रदायक तथा सेवाग्राही दुवैलाई यस सेवाको निरन्तरता र उपयोगको सुनिश्चिताको लागि आब्हान गर्न चाहन्छु ।

अन्त्यमा, सातौं परिवार योजना दिवसले महिला तथा पुरुषको परिवार योजना सेवाको मागलाई पूर्ति गर्दै यस कोभिड–१९ को बिषम परिस्थितिमा पनि सबै स्वास्थ्य संस्थाबाट नियमित रुपमा गुणस्तरीय परिवार योजना सेवाको निरन्तर सुनिश्चिितता गर्न सफल हुनेछ भन्ने बिश्वास दिलाउंदै शुभकामना ब्यक्त गर्दछु ।

सुदर्शन वराल
सामाजिक विकास मन्त्री