राहात लिएर शुसिलाको घरमै पुग्यो घरघरमा हामी

प्रकाशित मिति:

भाद्र३१, बुटवल – लामो समय लकडाउन र निशेधाज्ञाका कारण धेरै मान्छेका रोजगारी गुम्यो । रोजगारी गुमेपछी परिवार चलाइरहेका मान्छेहरूलाई छाक टार्नै मुस्किल हुन लाग्यो । यस्तो अवस्था ठूलो परिवार, आम्दानी शून्य भएकाहरुलाई ध्यानमा राख्दै घरघरमा हामी नामक अभियानले घरघरमै राहात पुर्याउन थालेको छ । पछिल्लो समय सामाजिक संजालबाट सामाजिक सेवामा जागरुक गराउदै नियमित खाद्य बैंक समेत संचालन गरेको अभियानले पछिल्लो समय पीडामा रहेका नागरिकको घरमै पुगेर खाद्यान्न, लत्ताकपडा, विद्यार्थीको लागि शैक्षिक सामाग्री लगायत वितरण गर्न थालेको छ ।

तिलोत्तमा १२, मोनोजोतको एक विपन्न परिवारलाई अभियानले एक कार्यक्रम गरी राहात वितरण गरेको छ । मोनोजोतकी शुशिला चौधरीको परिवारलाई सो राहत वितरण गरिएको हो । १ बर्ष अघि श्रीमानको निधन भएका उनको ३ छोरी र १ छोरा छन, आम्दानीको स्रोत शुन्य रहेको उनको अवस्था छिमेकीसग मागेर खानुबाहेकको विकल्प छैन । सोही गाउका स्थानीयहरुले जम्मा गरेको केही सामानमा थप गरि हामिले केही राहात दिएका छौं, अभियानका संयोजक शिव डुम्रेले भन्नुभयो विपन्न परिवारलाई राहतसगै रोजगारको लागीसमेत पहल भएको छ, केही दिनबाट उनका छोरा बहादुर थारुसहित श्रीमतीलाई मणिग्रामको एक निर्माण कम्पनीमा काम लगाईदिने सम्झौता समेत भएको सस्थाका सदस्य राजन रिजालले जानकारी दिए ।

सोही सस्थाले केही दिन अगाडी सोही अभियानले तिलोत्तमा १२, प्रगतीनगरकै एक विपन्न विरामी महिलाको परिवारलाई राहात दिएको थियो । नजिक अति विपन्न परिवार वा छाक टार्नै धौधौ भएकाहरु कोहि भए सस्थालाई जानकारी गराउन संयोजक डुम्रेले अपिल गरेका छन ।