शितगंगा नगरपालिकामा अब होम क्वारेन्टिनमा बस्न नपाउने

प्रकाशित मिति:

शितगंगा नगरपालिकाको बिपत ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । नगरपालिकाले बिभिन्न बिपतको जोखिममा परेका हरुलाईराहत बितरण गरिरहेको अबसथामा कोरोना महामारी जस्ता बिपतले गर्दा सोचे भन्दा बढी नगरपालिकाले आर्थिक रकम खर्च गरिरहनु गरेकोले अन्य बिपतमा परेकाहरुको न्याउचित राहत बितरण होस भन्नका लागि आज नगरपालिकामा नगर प्रमुख सुर्य प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न निर्णय गरेको छ । गत बर्ष आगलागी, असिनापानी , पहिरो लगायतका बिपतमा करोडौको नोक्सान भए पनि सबैले समान राहत नपाएको गुनासो आएको नगर प्रमुख अधिकारीले बताउनु भयो ।

असिना पानीले बिसेष गरि वडा नम्बर ३,४, पुर्ण तथा १२ र ५मा आशिक रुपमा नोक्सान गरे पनि बिवरण संकलन गर्दागर्दै कोरोना महामारी आएकोले सबैलाई समान राहत बितरण तथा प्रदेश र केन्द्र सरकार बाट माग गर्न नसकिएको प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले बताउनु भयो । सामान्य क्षति भएकाहरुले ५ हजारका दरले राहत बुझे पनि ठुलो क्षतिहुनेहरुको बिवरण केन्द्र तथा प्रदेशमा पठाए पनि राहत दिन तर्फ कुनै पहल नगरे पछि नगरपालिकाका किसाहरु हरु पिडित भएका हुन साना क्षतिको राहत बितरण भएको छ ठुला क्षतिको बिवरण सिफारिस भएकोले राहत पाउनेमा आसावादि हुन नगर उपप्रमुख टिका रेस्मिले बिश्वास ब्यत गर्नु भयो । नगरपालिकामा वडा बाट अधिकासं राहतका लागि सिफारिस आउने गरेका र अनुगमनको पाटो कमजोर हुन्दा बास्तबिक पिडित भन्दा अन्यले राहत पाउने गरेको गुनासो बढे पछि आज बिपत ब्यवस्थापन समितिको बैठकले अब हरेक वडामा सचिव तथा प्राबिधिक र नगरपालिकाका कर्मचारी र बिषयगत समितिका संयोजक रहने गरि अनुगमन समिति गठन भएको छ ।

समितिले राहतका लागि आएका सिफारिसमा अनुगमन गरि प्रतिबेदन ७ दिन भित्र बुझाउने छ त्यहि आधारमा नगरपालिकाले राहत बितरण गर्ने छ । यस्तैे सहल किराले वडा नम्बर ७ मा र असिना पानीले वडा नम्बर३ र ४ मा ठुलो क्षति पुराएकोले उत्त क्षेत्रका किसानहरुलाई वडा सँग समन्वय गरि बिउपल ब्यवस्थापन गर्न पहल गर्ने नगर प्रमुख अधिकारीले बताउनु भयो । यस्तै शितगंगा नगरपालिकामा कोरोना माहामारी फैलन सक्ने अब्सथालाई मध्ये नजर गर्दै दशैको समयमा आउने आत्रुहरुलाई अनिवार्य जनप्रतिनिधी संगको समन्वयमा आउनु पने र नगरपालिकाले निर्देशन गरेको नियमको आधारमा मात्र होटलहरु तथा किराना पसलहरु सञ्चालन गर्नु पर्नेछ साथै शितगंगा नगरपालिकामा अब होम क्वारेन्टिमा बस्न पाक्ष्ने छैन भारत तथा बिदेश र सक्रमण बढी भएको जिल्ला बाट आएमा अनिवार्य नगरपालिकाले तोकेको क्वारेन्टिनमा बस्नु पर्ने निर्णय नगरपालिकाले गरेको छ ।