कञ्चन गाउपालिका वडा नं-३ ले घर बिहिन परिवारलाई घर हस्तान्तरण

१ आश्विन २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


१ असौज,कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिका वार्ड नं। ३ ले आ।व। २०७६र०७७को बार्षिक कार्यायोजना अन्र्तगत कञ्चन गाउपालिका वार्ड नं। ३ मा घर बिहिन परिवारहरुलाई घर बनाएर हस्तान्तरण गगरेको छ । कञ्चन ३ को करंगेमा रहेको सार्बजनिक जग्गामा कञ्ञ्चन ३ का घरबार बिहिनि ६ जनाको परिवारलाई प्रति घर करिव ३ लाख बजेट बराबरको ६ वटा घर निर्माण गरी कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले हस्तान्तरण गर्नु भएको हो ।

घरबार बिहिन बिपन्न घरपरिवारलाई घरको चापी हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा सम्भवत कञ्चन गाउपालिकामा कुनै पनि बिपन्न परिवार र घरबिहिन परिवारहरुलाई न्युनतम आवस्यकताका आधारभुत कुराहरु सहितको आवास निर्माण गरी गाउपालिकालाई फुसको छानो रहित घर तथा घरबार बिहिन मुक्त गाउपालिका बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । आफु चुनावको समयमा प्राय गाउहरुमा पुगेको र ती गाउहरुको केही अपवाद बाहेक हरेक समस्यासंग परिचित भएको र आफुले चुनावमा शुरुवात गरेरै भएपनि ती समस्या समाधानको कार्यहरुलाई अगाडी बढाउने प्रतिबद्धता बमोजिम गाउपालिका र मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्र्तत फुसको छानो भएका घरहरुमा जस्तापाताको छानो र घरबिहिन परिवारलाई एकिकृत बस्ती बिकास गरी आवास निर्माण गरी घर उपलब्ध गराउदै आइरहेको कुरा बताउनु भएको छ ।

यस बर्ष कञ्चन गाउपालिकाको सुकुम्वासी समस्या समाधानका लागि नापी कार्य शुरु हुने गाउपालिका अध्यक्ष क्षेत्रीले बताउदै कञ्चनमा एक जना एम।बि।बि।एस। चिकित्सक सहितको १५ शैया अस्पतालको भवन निर्माण कार्य शुरु हुने समेत बताउनु भएको छ । यस्तै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कञ्चन गाउकार्य समितिका अध्यक्ष भरत मणि सापकोटाले नेकपाको सरकार अति बिपन्न परिवारहरुको हितमा कार्य गर्दै आइरहेको र किसानको साझा समस्या सिंचाईको ब्यबस्थाका लागि हरेक टोल टोलमा स्यालो ट्युवेल र दिप ट्युवेलको ब्यबस्था गरी किसानहरुको समस्या समाधान गर्नमा केन्द्रित भइरहेको बताउनु भएको छ । आफु जनप्रतिनीधि भएको बेला गा।बि।स।मा बढीमा ३ लाख बजेट आउने र सोशी बजेटले ९ वटै वडाहरुको बिकास र कर्मचारीहरुको तलव भत्ताको ब्यबस्था समेत गर्नु परेको स्मरण गर्दै २०६२र०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको संघिय गणतन्त्र पछि स्थापित गाउपालिका स्तरको स्थानिय तहरुमा आधा अरवको बजेट ब्यवस्था भएपछि हरेक गाउहरुमा ठूला ठूला बिकासका योजनाहरु संचालन हुदा जनताले गाउमै सिंहदरवारको अनुभुति गर्न पाएको उल्लेख गर्नु भएको छ।


राष्ट्रिय जनमुक्ती पार्टीका भैरव बहादुर थापाले गणतन्त्र पछि गाउ गाउमा सिंह दरवार आए संगै सिंह दरवारमा रमाइरहेका ठूला ठूला सिंहहरु पनि आएको र उनिहरुको अस्वभाबिक सुबिधाको लागि जनताबाट जनताकै ढाड सेकिने गरी कर असुले पछि बिपन्न र राज्यसंगको पहुंच नभएका जनताको लागि संघियता र गणतन्त्र आउनु र नआउनुमा कुनै भिन्नता नभएको बताउनु भएको छ। हिजो चुनावको बेला आलिसान सुबिधा,तलव भत्ता र जनप्रतिनीधहरुको अस्वभाबिक अहमताका लागि भोट नमाएिको र जनताले पनि त्यसका लागि भोट नदिएकोले चुनावमा प्रतिबद्धता गरिएका र कम्युनिष्ट सिद्धान्तको कुनै छेउ पनि लागु नै नगरी चुनाव जिते पछि आफुले सार्वजनिक पदमा आसिन भएपछि गरिने अब्यक्त कुराहरु मात्र जनप्रतिनीधिहरुले कार्य गरेपछि जनतामा सक्ने र नसक्ने बिचको दुरी झन लामो हुदै गएको राष्ट्रिय जनमुक्ती पार्टीका थापाले आपत्ती जनाउनु भएको थियो । घरबिहिन परिवारहरुले भने ढिलै भएपनि आफुहरुलाई गाउपालिकाले घाम पानीमा ओट लग्ने ठाउ बनाइदिएकोमा खुशी ब्यक्त गरेका छन। हामीले केही ब्यबसाय गरेर आत्म निर्भर बन्न चाहेको तर आर्थिक अभावका कारण कुनै ब्यबसाय गर्न नसकिरहेकोले गाउपालिकाबाट आवस्यक सहयोगको आस गरेका छन ।  कञ्चन गाउपालिका वडा नं। ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले संघिय गणतन्त्र स्थापना भएपछि निर्माण भएको स्थानिय सरकारले गाउपालिकाको श्रोत साधन र प्रदेश तथा संघिय सरकारहरुको समेत अनुदान तथा बजेटबाट हरेक गाउहरुमा बिकासका योजनाहरुलाई जनताको भावना अनुरुप संचालन गर्दै आइरहेको र बाकी समयावधीमा पनि सम्भव भएसम्मका योजनाहरुलाई पुरा गर्ने गरी योजना निर्माण भइरहेको बताउनु भएको छ ।वडा नं। ३ मा घर बिहिन र बिपन्न परिवारहरुका लागि एकिकृत बस्ती निर्माण गरी गाउपालिकाको परिचयलाई अझ उचाइमा पुर्याउने योजना अनुरुप गत बर्ष ४ जनाको परिवार र यस बर्ष ६ जनाका परिवारहरुलाई समेत गरेर १० वटा घर निर्माण गरी बिपन्न परिवारहरुलाई घर हस्तान्तरण गर्न पाएकोमा आफुलाई जनप्रतिनीधि भएकोमा गर्व लागेको बताउनु भएको छ ।

वडा अध्यक्ष लामिछानेले कञ्चन गाउपालिकामा आ।ब। २०७५र०७६ देखि ०७६र०७७ सम्म गाउपालिका र मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत मुसहर घरपरिवारका लागि २५ वटा घर र ४० जना घरबिहिन परिवारका लागि ५ वटै वडामा एकिकृत बस्ती बनाई बिपन्न तथा घरबिहिन परिवारहरुलाई घर हस्तान्तरण गरिएको छ भने करिब सय वटा फुसको छानो भएको घरहरुमा जस्तापाताको छानो बनाउन गाउपालिकाले जस्तापात सहयोग गरेको बताउनु भएको थियो । वडा नं। ३ का सचिव चक्रपाणी पौडेको संचालन तथा वडा सदस्य कुमारी बिस्वकर्माको स्वागतमा भएको घर हस्तान्तरण कार्यक्रमको अध्यक्षता वडा नं। ३ का वडा अध्यक्ष नेन्द्र बहादुर लामिछानेले गर्नु भएको थियो 

फेसबुकबाट तपाईको प्रतिक्रिया