शरणार्थी आप्रवासीविरुद्ध अमेरिका कठोर !

२५ कार्तिक २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
13 Shares


कात्तिक २५ बुटवल । अमेरिकाको दक्षिणी सीमाबाट देशभित्र छिर्ने गैरकानुनी आप्रवासीहरू शरणार्थी बन्न अयोग्य हुने भएका छन् ।

अमेरिकाको नयाँ नियमअनुसार उनीहरू शरणार्थी बन्न अयोग्य हुने भएको अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले लागू गरेको नियमबमोजिम लगाइएको निषेधाज्ञा उल्लंघन गर्नेलाई शरण नदिइने भएको हो ।

राष्ट्रपति ट्रम्पद्धारा जारी वक्तव्यमा राष्ट्रिय स्वार्थका लागि आप्रवासीहरूलाई रोक्न सकिने उल्लेख गरिएको छ ।

हालै सम्पन्न संसदीय निर्वाचनमा गैरकानुनी आप्रवासीहरूलाई रोक्ने विषय राष्ट्रपति ट्रम्पको मुख्य मुद्दा बनेको थियो ।

मेक्सिको हुँदै मध्यअमेरिकी देशहरूबाट अमेरिका आउन लागेका आप्रवासीहरूको लस्करलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले सीमामा तिनलाई रोक्न सेना खटाउनु भएको थियो ।

मेक्सिकोसँगको अमेरिकाको सिमानामा पर्खाल लगाउने मुद्दालाई पनि ट्रम्पले आफ्नो निर्वाचनको बेला मुख्य एजेण्डा बनाउनुभएको थियो ।

मेक्सिको क्षेत्रबाट अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीहरूलाई राष्ट्रपति ट्रम्पले अतिक्रमणकारीको संंज्ञासमेत दिनुभएको छ ।

अहिले लागू भएको नियम यसअघि नै प्रवेश गरिसकेका र कानुनी प्रक्रियामा रहेकाहरूलाई भने लागू नहुने बताइएको छ ।

कतिपयले यस नियमप्रति आपत्ति पनि जनाएकाले अदालतमा मुद्दा पर्नसक्ने समाचारमा जनाइएको छ ।
(रासस÷एएफपी÷सिन्ह्वा)

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • डब्लु आइसीसीद्धारा खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने
  • “प्रचण्डले तपाई मन्त्रीबाट हट्नुपर्छ भनेपछि म मन्त्रिपरिषद बैठक जान छाडे”:आपुर्ति…
  • डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसीपमा ७ पदक
  • फेसबुकलाई चुनौती दिन आयो ‘डब्लूटीस् सोसल’
  • बझाङमा गयो ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प
  • जनताका पिरमार्काप्रति सरकार पुरै उदासीन छ, उपनिर्वाचन कांग्रेसले जित्छः डा.…
  • पौषमा छैठौं स्याङ्जा महोत्सव हुने
  • स्वीडेनको पुनर्चक्रण विधि यति गज्जबको, देशमा सकियो फोहोर
  • के हो रातो सागसब्जी?जाडोयाममा मुटु जोगाउन रातो फलफूल र सागसब्जी
  • भारतबाट विवाह गर्न सौराहा आउँछन् भारतीय