गायक गिरीले लिएर आए दुःखिको दशैँ गित बजारमा

२ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की -असोज १, गुल्मी । पछिल्लो समय बजारमा बडा दशैँका नाममा बिभिन्न किसिमका गित संगित बजारमा दिन प्रतिदिन सार्वाजानिक भईरहेका छन् । कति गितले गित संगित प्रेमीको मन छोईरहेको छ त कति गित संगित परिवार र आफन्त संग बसेर हेर्ने लायक छैैनन् । गित संगितको यति ठुलो भिडमा पनि गुल्मीको पौदि अमराईमा जन्मिएका हास्य कलाकार , मोडल तथा गायक उज्जल गिरीको दुःखिको दशैँ बजारमा सार्वाजानिक भएको छ ।

गित संगितको नाममा केहि गितले समाजमा नकारात्मक सन्देश दिईरहेको बेला आफु समाजमा दिनप्रतिदिन घटेका यर्थात् घटनालाई चित्रण गरि दशैँको गित बजार पठाएको गायक उज्वल गिरीले बताए ।म.म खान जान नामक लोकदाहोरी गितबाट चर्चा बटुलेक गिरीले पछिल्लो समय समाज परिवर्तन तथा सकारात्मक सन्देश प्रवाह गर्ने खालका गित संगितहरु बजारमा ल्याईरहेका छन् । बुधबार सार्वाजानिक भएको गितमा दुःखीको दशैँ नामक गितमा उज्वल गिरी र ६ बर्षिय गायिका निष्मा पोखरेलले आबाज दिएका छन् । यस गितको भिडियोमा र्दजनौँ गितमा अभिनय गरेका मोडल रामु अर्याल र सुमि घर्तिले अभिनय गरेका छन् भने लय शब्द गायक गिरीको रहेको छ ।

यस गितमा छोरा बिदेशमा भएको बेला सासु ससुराले नातिनी र बुहारीलाई गर्ने ब्याबहारको चित्रण गर्दै त्यस्ता बिकृती बिसंगतीको अन्त्य गर्ने मदत पुग्ने मोडल रामु अर्यालले बताए । धर्ति को जुनकिरी, बिद्रोह , अधुरो प्रेम काहानी लगाएतका र्दजनौ गितमा अभिनय गरेका अर्यालले यो गित निकै मार्किक रहेको हुदाँ गित सुनिर भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
बजारमा सार्वाजानिक दुःखिको दशैँका गायक गिरीको आफ्नै युटुव च्यानलमा उपलब्ध छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया