संविधान दिवसको अवसर पारेर मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीता सुरु

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली-असोज २, मसुरीया। देउखुरी दाङमा  संविधान दिवस /राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मुल नारा सहित मौत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरिएको छ । संविधान दिवश २०७७ को अवसरमा राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीहरुविच ब्याडमीन्टन प्रतियोगीताको आयोजना गरिएको हो ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा शुक्रवार सुरु भएको खेलमा ब्याडमीन्टन प्रतियोगीतामा १६ टिमको सहभागीता रहेको छ । संविधानको मर्म अनुसार नागरिकको सेवामा प्रतिवद्ध रहने प्रतिबद्धताका साथ काम गर्न राप्ती गाउँपालिका अध्यक्ष नुमान्नद सुवेदिले कर्मचारीलाई अनुरोध गर्न भएको छ । राप्ती गाउँपालिकाले असोजको २ गते देखी ४ गते सम्म घरघरमा दीप प्रज्वलन गर्न र राष्ट्रिय झण्डा फहराउ सबैमा अनुरोध गरेको छ।  संविधान दिवशको अवसरमा सुरु भएको ब्याडमिन्टन प्रतियोगीताको विजेता टिमलाई ३ गते समापन कार्यक्रममा आकर्षक पुरस्कार र प्रमाणपत्र प्रदान गरिने गरिने अधिकृत विकास ज्ञवालीले जानकारीदिनु भएको छ ।