वास्तविक सर्वहाराको नेता वीर गणेशमान

प्रकाशित मिति:

धर्मेन्द्र झा – वीर गणेशमान । जबजब यो नामको चर्चा हुन्छ, यस नामबाट नेपाली कांग्रेस र नेपालका आम राजनीतिकर्मीले सिक्नुपर्ने कुरा धेरै हुन सक्छन् तर एउटा कुरा भने निकै महत्वपूर्णरुपमा सामुन्ने आउँछ– त्याग । आधुनिक नेपाल देशको स्थापना भएदेखि हालसम्मका दिनमा त्यागका दृष्टिले कुनै एक राजनीतिकर्मीलाई सम्झनुपर्यो भने निर्विवादरुपमा एक नामको स्मरण हुन्छ– गणेशमान सिंह । आजको राजनीतिमा कसैले प्रधानमन्त्रीको पद त्याग गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन तर उनले त्यस कल्पनालाई यथार्थमा परिवर्तन गरिदिए ।

राजनीतिमा लौहपुरुषका रुपमा चिनिने गणेशमान सिंहले त्यसो त नेपाली कांग्रेसमा आबद्ध भएर देश र जनताको सेवा गरे तर उनलाई सबैजसो राजनीतिक दल, नेता र कार्यकर्ताको सम्मान र श्रद्धा समानरुपले प्राप्त छ । यही कारण हो, २०४६ सालको जनआन्दोलनको नेतृत्वको जिम्मेबारी उनैलाई सुम्पिइयो । । यसका लागि त्यस आन्दोलनमा सहभागी सबै दल र नेताले समानरुपले उनमाथि विश्वास व्यक्त गरे । कतिपय सन्दर्भमा विश्लेषकहरु समीक्षा गर्छन, गणेशमनले नेतृत्व नगरेको भए शायद त्यो आन्दोलन अपेक्षितरुपमा सफल हुने थिएन । उनै लौहपुरुषको आज असोज २ गते २३ औं स्मृति दिवस हो । यसक्रममा पार्टी कार्यकर्ताका अतिरिक्त गणेशमानका अनुयायीले विविध कार्यक्रमको आयोजना गरी उनीप्रति सम्मान व्यक्त गरिरहेका छन् । गणेशमान सिंह अध्ययन् प्रतिष्ठानले यस सन्दर्भमा आज विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौको कूलीन रैथाने नेवार परिवारमा जन्मेका गणेशमन आफ्नो निष्ठा, समर्पण र त्यागका कारण सम्पूर्ण नेपाल र नेपालीका लगि आस्थाको केन्द्र बने । राजनीतिमा उनले जे जति सम्मान प्राप्त गरे सामान्य व्यक्तिले त्यसको कल्पना पनि गर्न सक्दैनन् । लौहपुरुष गणेशमान एक सच्चा लोकतन्त्रवादी र समाजवादी नेता थिए । उनलाई त्यसैरुपमा सम्झनु उचित हुन्छ । तर यहाँ यस आलेखमा समावेशी नेपालको निर्माणका सन्दर्भमा उनको भूमिकाका बारेमा केही कुरा गर्ने जमर्को गरिएको छ ।

राणा शासनविरुद्धको संघर्षका क्रममा आफूलाई बन्दी बनाएर राखिएको भद्रगोल जेल तोडेर २००१ सालतिर प्रवासमा रहेका साथीलाई भेटी राणाविरोधी आन्दोलनलाई सशक्त बनाउने योजनाका साथ पहाडको बाटो हुँदै गणेशमान भारत पुगेका थिए । जेल तोडेर भाग्ने क्रममा गणेशमान काठमाडौबाट धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङजा, पाल्पा हुँदै भैरहवाको बाटो भएर भारत प्रवेश गरेका थिए । पछि वीरगन्ज, ठोडी हुँदै काठमाडौं फर्कने क्रममा उनलाई पक्राउ गरी मकवानपुर हुँदै राणाहरुले पुनः काठमाडौ फर्काई कारावास दिएका थिए । गणेशमानलाई सम्झने काम त विभिन्न ढंगले भयो, हुँदैछ । तर वास्तवमै गणेशमानको विचारको अनुशरणको प्रयास कति भयो रु यो प्रश्न आज टड्कारो रुपमा उभिएको छ । अहिले गणेशमानले देखेको सपना साकार गर्ने समय हो । उनको सपना साकार गर्ने यात्राका लागि फराकिलो सडकको काम नयाँ संविधानको निर्माणले गर्न सक्छ । भोली अर्थात असोज ३ मा संविधान दिवस पनि मनाइँदैछ । दुर्भाग्य लौहपुरुषको पार्टी यतिखेर आपसी अविश्वासको ठूलो भुमरीमा फँस्न पुगेको छ । यस्तोमा लौहपुरुषको समावेशी र समृद्ध नेपालको सपना कसरी पूरा होला रु स्मृति दिवस र जयन्तीका दिनमा आयोण्जना गरिने औपचारिक कार्यक्रमले मात्र नेपाल सम्पन्न र समृद्ध हुन सक्दैन । नागरिक अधिकारसम्पन्न हुन सक्दैनन् । गणेशमानले देखाएको समताको विचारको कार्यान्वयनमा जुट्नु जरुरी छ । यसका लागि कांग्रेसजनले भविष्यको मार्गचित्रको निर्माणमा सक्रिय हुनु अपरिहार्य छ ।

गणेशमानले देखेको समतामूलक समाज निर्माण र समावेशी अवधारणाको कार्यान्वयनको सपना संविधानमार्फत हुन सक्यो भने मात्र गणेशमानलाई साँँचो अर्थमा श्रद्धाञ्जली अर्पण गरिएको ठहरिने छ । गणेशमानलाई नामले सम्झने तर वहिष्करणमा परेका समुदायको विकास र उन्नतिका लागि पार्टीले कुनै ठोस नीति तय गर्न सकेन भने त्यसको कुनै अर्थ रहँदैन । यसको सुनिश्चितता संविधानबाट हुनु अपेक्षित छ । गणेशमानको सन्दर्भमा नेपाली कांग्रेसको यतिखेरको कार्यदिशाको विश्लेषण गर्ने हो भने फरक अवस्था रहेको पाउन सकिन्छ । अर्थात, गणेशमानको विचारको अवमूल्यन गरिएको प्रष्ट हुन्छ । गणेशमान आजीवन उत्पीडनमा परेका, उपेक्षित, अल्पसंख्यक, वहिष्करणमा परेकाहरुको पक्षमा उभिए । तिनैको हक हीतको आवाजलाई बुलन्द गरे । वास्तविक अर्थमा सर्वहाराको नेताको हैसियत बनाए । वास्तविक अर्थमा आफूमा समाजवादी चरित्रको निर्माण गरे । यही कारण हो, काठमाडौको चाक्सीवारीका गणेशमान तराईका दूर दराज र दुर्गम हिमाल पहाडका गाउँ देहातमा स्थापित भए । गणेशमानले उठान गरेका उल्लेखित विषय पछिल्ला दिनमा कांग्रेसको प्राथमिकतामा पर्न सकेनन् । कांग्रेससँग तराई, जनजाति, दलित जोडिनुका पछाडी गणेशमानको सामाजिक अभियान्त्रिकीकरण ९सोसल इन्जिनियरिंग०को ठूलो भूमिका थियो ।

गणेशमानले देशको राजनीति बुझ्दै गर्दा यसका लागि आवश्यक सामाजिक अभियान्त्रिकीकरणको महत्व पनि बुझेका थिए । नेपाली समाजको समुन्नत विकासका लागि विकासको समानुपातिक र समावेशी मोडेल जरुरी छ भन्ने कुरा बुझेका गणेशमानको सर्वोच्च कमाण्डमा सफल भएको २०४६को आन्दोलनपछि गठित कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका समयमा उनले आफ्नो धारणा कार्यान्वयनको प्रयास गरे तर उनी सफल हुन सकेनन् । आफ्नै जीवनकालमा आफ्ना धारणा र मान्यताको पराजयको पीडा उनका लागि असह्य भइदियो । जीवनको उत्तराद्र्धमा सक्रिय राजनीतिबाट उनी टाढिनुको मुख्य कारण यही पीडा थियो । दुखका साथ भन्नुपर्छ, उनको देहावसानपछि कांग्रेस पार्टीको नेतृत्व र पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्ने दुवैथरिले गणेशमानको आदर्श अथर््याउन र पच्छ्याउन सकेनन् । आज कांग्रेसबाट तराई, आदिवासी, जनजाती र दलित क्रमशः टाढिँदै छन् । यो यथार्थ हो । तर के कांग्रेसलाई यसको हेक्का छ रु के यो तथ्यको विश्लेषण कांग्रेसले गर्न सकेको छ रु निश्चय पनि गणेशमानको इन्जिनियरिंगको महत्व नबुझ्दा आजको अवस्थाको सिर्जना भएको हो भन्ने कुरा कांगे्रसले बुझ्न सक्नुपर्दछ । दूर्भाग्य, यस अवस्थामा पनि कांग्रेसले गणेशमानको विचारलाई आत्मसात गर्न सकेको पाइँदैन । इमानदारीपूर्वक अहिले पनि कांग्रेस नेतृत्वले गणेशमान—विचारलाई आत्मसात गर्न सकेको खण्डमा देशमा समावेशी लोकतन्त्र, संघीयता र सामाजिक सुरक्षासहितको समाजवाद स्थापना गर्न सकिने कुरामा शंका छैन ।@bikastimes