रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?

२ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी- साबिकको उप-विजेता टोली चेन्‍नई सुपर किङ्सले यो सिजन आईपीएलको पहिलो खेल साबिक विजेता टोली मु्म्बई इन्डियन्ससँग खेल्दै छ । चेन्‍नईले आफ्नो पहिलो खेल शनिबार खेल्नेछ । यो सिजन टिमका नियमित खेलाडी सुरेश रैना र हरभजन सिंह टिममा छैनन् । केही दिनअघि दुवै खेलाडीले आफ्नो परिवारिक कारण देखाउँदै आईपीएल नखेल्ने बताएका थिए।

गत सिजन भएको फाइनल खेलमा मुम्बईसँग एक रनले पराजित भएको चेन्‍नई यो सिजन मुम्बईलाई पहिलो खेलमा हराउँदै सिजनको सुरुवात गर्ने योजनामा छ । तर, त्यसका लागि टिमका कप्तान महेन्द्रसिंह धोनी र प्रशिक्षक स्टेफन फल्मिङलाई टिमको सन्तुलन कसरी मिलाउने पिरलो छ । टिमको मुख्य दुई खेलाडी गुमाएको चेन्‍नईलाई यो सिजन चुनौती देखिन्छ ।

चेन्‍नईको ब्याटिङ : रैनाले नखेल्ने भएपछि टिमले एउटा अनुभवी र बायाँहाते ब्याट्म्यानलाई गुमाएको छ । उनको स्थान परिपूर्ति गर्न हाल चेन्‍नईमा अम्बति रायडु, रुतुराज गइक्वाद र मुराली विजयले उनको स्थान परिपूर्ति गर्ने बताइएको छ । ब्याटिङमा तीन खेलाडीले उच्च स्थान बनाउन सके धोनीले पनि साथ दिनेछन् । क्रिक इन्फोका अनुसार लेग स्पिनरका हिसाबमा रवीन्द्र जडेजा, सम करन र मिचेल स्टेनरले ब्याटिङ लाइनअपमा सहयोग पुर्‍याउनेछन् ।

चेन्‍नई बलिङ : चेन्‍नईले आफ्नो ७ खेल दुबईमा खेल्नेछ । जो चेन्‍नईको होम गेमसरह हुनेछ । दुबईमा हुने खेलमा स्पिनरहरुले धेरै सहयोग पुर्‍याउनेछन् । दुबईको मैदान र पिच स्पिनरहरुका लागि राम्रो मानिन्छ । चेन्‍नईका लागि धेरै कुरामा चुनौती भए पनि सामान्य तथा टिमले सन्तुलन मिलाउन सक्ने अवस्था भने छ । हरभजनले व्यक्तिगत कारण देखाएर आईपीएल नखेल्दा चेन्‍नईलाई अफ स्पिनरको अभाव भने हुनेछ ।

चेन्‍नईले आफ्नो पहिलो खेल शनिबार राति ७:४५ मा खेल्नेछ ।

बाह्रखरी

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग