धुमपान गर्ने महिलामा हृदयघात जोखिम उच्च

२५ कार्तिक २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया


लन्डन,(एजेन्सी)/मधुमेह र उच्च रक्तचापबाट पिडित धुमपान गर्ने महिलामा सोही समस्या रहेका पुरुषका तुलनामा ह«दयाघात हुने संभावना बढि हुने गरेको संयुक्त अधिारज्यमा हहालै वयस्कहरुमाथि गरिएको स्वास्थ सम्बन्धी अध्ययनले पत्तालगाएको छ । बिएमजेमा आफ्ना प्रतिवेदन प्रकासित गर्दै अनुसन्धानकर्ताहरुले यस्ता महिलाहरुलाई पनि पुरुषलाई जस्तै उपचार गर्दै धुमपानबाट निरुत्साहित गरिनु पर्ने जनाएका छन् ।

चिकित्सकहरुलाई पनि महिला बिरामीहरु माथि विशेष ध्यान पु¥याउन आग्रह गरिएको छ । तर अन्य विभिन्न कारणलेऔत पुरुषलाई महिलाको तुलनामा ह«दयाघात हुने संभावना तीन गुणा बढिरहेको पहिले देखिको यथार्थ भने कायमै रहेको पनि बताइएको छ ।

अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरुको नेतृत्वमा भएको यस अध्ययन वेलायतको बायोबैंक डाटावेसमा रहेका ४० देखि ६९ वर्ष उमेर समुहका झण्डै ५ लाख मानिसमाथि आधारित छ । सात वर्षको अवधिभित्र तिनीहरु मध्ये ५ हजार ८१ जनालाई पहिलो पटक ह«दयाघात भएको थियो भने तिनीहरु मध्ये पनि तीनजना मध्ये एकजना महिला रहेका थिए ।

सम्पुर्ण उमेर समुहमा पुरुषका तुलनामा महिलालालाई ह«दयाघात हुने संभावना कमै भएपनि केहि खतराका कारणले महिलाको सवस्थमा गम्भीर असर पार्ने गरेको देखिएको छ ।

धुमपान गर्ने महिलामा धुमपान नगर्ने महिलाका तुलनामा ह«दयाघात हुने संभावना तेव्वर बढि रहेको छ । जबकी पुरुषको मामिलामा यस्तो खतराको संभावना केवल दोव्वर बढि रहेको छ । पुरुषको तुलनामा उच्च रक्तचाप पिडित महिलामा यो समस्याको खतरा ८३ प्रतिशत बढि रहेको छ ।

त्यसैगरी यस अनुसन्धानले पुरुषको तुलनामा टाइप १ र टाइप २ मधुमेह पिडित महिलामा पनि ह«दयाघातको खतरा बढि रहेको देखाएको छ । तर अनुसन्धानकर्ताहरुले यो तथ्य किन लिंगमा आधारित भएको भन्ने ठोस कारण पत्ता लगाउन सकेका छैनन् ।

तर केहि हद सम्म यसमा जैविक कारण हुनुपर्ने बताइएको छ । उदाहरणका लागि टाइप २ मधुमेह गुणस्तरहिन आहार र जीवनशैलीको कारण लाग्ने गर्दछ । साथै यस अध्धयनमा प्रायशः महिलाले आफुहरुमा ह«दयाघातका खतरा छ भन्ने महशुस सम्म गर्ने नगरेको जनाएके छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया