नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस

२ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


रन्जीत शर्मार-नवलपरासीर,२ असोज । पश्चिम् नवलपरासीमा पनि एक कार्यक्रम गरि राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ ।नेपाल परिवार नियोजन संघ पश्चिम् नवलपरासीको आयोजनामा किसोरीहरु संघ अन्तरक्रिया कार्यक्रम तथा पश्चिम् नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा बिरामीहरुको लागी फलफूल सामग्री अस्पतालको प्रशासनलाई हस्तान्तरण गर्दै नेपाल परिवार नियोजन संघ परासीको सभाहलमा समापन गरिएको छ ।

नेपाल सरकारले पहिलो पटक २०७१ असोज २ गतेलाई राष्ट्रिय परिवार नियोजन दिवसका रुपमा मनाएको थियो। प्रजनन स्वास्थ्यमा नेपाल परिवार नियोजन संघले पुर्याएको योगदानको कदर गर्दै संघकै स्थापना दिवसलाई सरकारले २०७१ साल देखि राष्ट्रिय परिवार नियोजन दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । यौन तथा प्रजनन अधिकारका क्षेत्रमा कार्यरत संघको वि।सं। २०१५ मा आजकै दिन स्थापना भएको थियो । आफ्नो स्थापना दिवसलाई संघले परिवार नियोजन दिवसका रुपमा मनाउँदै आएको हो ।

नेपाल परिवार नियोजन संघ पश्चिम् नवलपरासीको अध्यक्ष शुवाष चन्द्र अग्रवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्य समिती सदस्य विकास घिमिरे, युवा सदस्य ईमामुल अलि लगायतको उपस्थिति रहेको थियो भने उप(सभापति अमृत सिंह जि०सि० ले शुभकामना मन्तव्य तथा कार्यक्रम बारे विस्तारित जानकारी  तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण सिनियर नर्स अन्जनी श्रेष्ठले गर्नु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया