जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन

प्रकाशित मिति:

रन्जीत शर्मार-नवलपरासीर २,असोज। पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वार्ड न ०२ का बाढी प्रभावित क्षेत्रको वडा अध्यक्ष चन्द्रीका आग्रहरी सहित को टोलिले स्थलगत अनुगमन गरि सामान्य राहत समेत वितरण गरेको छ। लगातार ३ दिन बर्षायाम पानी तथा झरही नदिमा आएको बाढीले पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वार्ड न० २ बजार क्षेत्रका कयौं घर डुबानमा परेको छन ।

अनुगमन गर्दै अध्यक्षले यस क्षेत्रको समस्यको समाधान गर्न आफू लागि परेको बताएका छन। रामग्राम नगरपालिका वडा नं।२ का वडा अध्यक्ष चन्द्रीका अग्रहरी नेतृत्वको टोलिमा वडा सदस्य सुनिता श्रेष्ठ, धिरज हलुवाई , नेपाली काग्रेस पश्चिम् नवलपरासीका नेता अमृत सिंह जि०सि०, नेपाल परिवार नियोजनका यूवा सदस्य ईमामुल अली लगायतको सहभागीता रहेको थियो ।

अनुगमनकै क्रममा बाढी पीडितहरुलाई राहत स्वरुप चिउरा, दालमोट वितरण गर्दै दिर्घकालिन समस्या समाधानका लागि झरहि नदिमा तटबन्ध सहित उच्च ड्याम, सुरक्षित भवन र पानी निकास लगायतको कार्य गरिरहेको वडा अध्यक्षले बताउनु भएको छ ।