क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका अध्यक्षद्धारा धन्यवाद ब्यक्त

प्रकाशित मिति:

२ असौज,कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकामा बनाइएको अस्थाई क्वारेन्टाइन असौज १ गते अर्थात बिशिवार देखि हटाइएको छ। बिश्वभर महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्युनिकारण तथा रोकथाम गर्न नेपाल सरकारको नीति अनुसार गाउपालिकाको ब्यबस्थापनमा स्थपना गरिएको अस्थाई क्वारेन्टाइन गत चैत्र १४ गते देखि संचालनमा ल्याइएको थियो ।

नोवल कोरोना भाइरसको संक्रमणका कारण बैदेशिक रोजगार गुमेर छिमेकी देश भारत लगायत बिभिन्न तेश्रो मुलुकबाट नेपाल आएका महिला १ सय ४० जना र पुरुष ५ सय ८६ करिव ७ सय २६ जनालाई गाउपालिकामा स्थापना गरिएको ५ वटा कवारेन्टाइनमा राखिएको थियो । कञ्चनले पहिलो क्वारेन्टाइन लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालयमा अस्थाई क्वारेन्टाइन स्थापना गरी छिमेकी देश भारत लगायत बिभिन्न तेश्रो मुलुकबाट आएका १४ जनालाई कपिलबस्तुको तौलिहवाबाट उद्धार गरी राखिएको थियो भने चैत्र महिना भरी जम्मा २० जनालाई क्वारेन्टाइनमा राखी आर डि टी तथा पिसिआर गरी नेगेटिभ रिपोर्ट आई १४ दिन बसाइ गरी डिस्चार्ज गरिएको थियो । गाउपालिका भन्दा बाहिर वा बिभिन्न देशहरुबाट कञ्चनमा आउनेक्रम रोकिए पछि पहिलो चरणको क्वारेन्टाइन बैसाख २३ गते सम्म बन्द गरिएको थियो भने बैसाख २४ गतेबाट पुन गाउपालिका भन्दा बाहिर र बिभिन्न देशहरुबाट आउनेको संख्यामा बृद्धि भएपछि क्वारेन्टाइन संचालनमा ल्यााइएको थियो ।

छिमेकी देश भारतबाट रोजगारी गुमाई नेपाल फर्किने नेपालीहरुको संख्यामा उच्च बृद्धि भएपछि कञ्चन गाउपालिकाले थप ३ स्थानमा क्वारेन्टाइनको ब्यबस्थापन गरी रुपन्देहीका बाहेक सुनसरी,ताप्लेजुंग,पाँचथर,रौतहत,डडेलधुरा,कञ्चनपुर,बारा पर्सा,इटहरी,स्यांजा,पाल्पा,गुल्मी लगायत जिल्लाका समेत गरी १ सय ४ जना नेपालीहरुको उद्धार गरेर हरैया बहुमुखी क्याम्पस,रुद्रपुर माध्यमिक बिधालय र प्रगती माध्यमिक बिधालय गरी थप ४ वटा क्वारेन्टाइनमा राखिएको थियो ।
भदौ ३१ गते सम्म छिमेकी देश भारत लगायत बिभिन्न तेश्रो मुलुकबाट आई क्वारेन्टाइनमा रहेका ७ सय २६ जना मध्ये ५ सय ९० जनाको आर डि टी परिक्षण गरिएको थियो भने ४ सय जनाको पिसिआर गरिएको थियो भने कोरोना संक्रमण पुष्टि भएकाहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई संक्रमणको आशंकामा थप ८८ जनाको कन्ट्याक्ट ट्रेसिंगको आधारमा पिसिआर गरिएको कञ्चन गाउपालिका स्वास्थ्य प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ।

कञ्चनमा पछिल्लो तथ्यांक अनुसार ६९ जनामा कोरोना संक्रमण देखिएको थियो भने ५९ जना निको भई डिस्चार्ज भएका र १० जना होम आइसोलेसनमा रहदै आउनु भएको स्वास्थ्य प्रमुख गौतमले जानकारी दिनु भएको छ।यस्तै कञ्चनमा बाहिरबाट आउनेको संख्यामा बृद्धि हुदै गएपछि गजेडी माध्यमिक बिधालयमा थप क्वारेन्टाइनको ब्यबस्था गरिएकोमा पछिल्लो पटक बाहिरबाट आउनेको संख्यामा न्युन हुदै गएको र कतिपयलाई सरकारको नीति अनुसार होम क्वारेन्टाइनमा राख्दै आएकोले ४ वटा क्वारेन्टाइन हटाई हरैया बहुमुखी क्याम्पसमा रहेको कवारेन्टाइन भदौ ३१ गते सम्म गाउपालिकाले संचालन गर्दै आएको थियो ।

भदौ ३१ गते सम्मको रिपोर्ट अनुसार होम आइसोलेसनमा १० जना, पिसिआर रिपोर्ट आउन बाकी रहेका तर होम क्वारेन्टाइनमा रहेका २७ जना रहेका छन भने होम क्वारेन्टाइनको अवधारण आएपछि छिमेकी देश भारत तथा तेश्रो मुलुकबाट आएकाहरु मध्ये कञ्चनमा ३६ जना महिला र १ सय १९ जना पुरुष गरी १ सय ५५ जना होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।
यसरी छिमेकी देश भारत तथा तेश्रो मुलुकबाट आएका नेपालीहरुलाई क्वारेन्टाइनमा राख्नलाई क्वारेन्टाइनको ब्यबस्थापन गर्न,उनिहरुको लागि खाना नास्ता,ओछ्यान,स्वास्थ्य सुरक्षा सामग्री,नेपाल भारत सिमा नाकाबाट उद्धार गर्नको लागि भएको यातायात खर्च,स्वयम सेवक परिचालन,स्वास्थ्यकर्मीहरुको परिचालन,अनुगमन तथा राहत बितरण गर्दा समेत गाउपालिकाबाट ७६ लाख ५१ हजार ९ सय ३३ रुपैया देखि ८५ लाख खर्च भएको छ भने लकडाउनका कारण दैनिक ज्यालादारी गर्नबाट बञ्चित भएका मजदुर,बिपन्न घरपरिवारहरुका लागि राहत स्वरुप कञ्चनका बिभिन्न संघसंस्था,सहकारी र बित्तिय संस्थाहरुले ७९ लाख ९६ हजार २ सय ७४ रुपैया संकलन भएको थियो ।

नोवल कोरोना भाइरसबाट प्रभाबित कञ्चनका बिपन्न,मजदुर तथा रोजगार गुमाएकाहरुको लागि राहतको ब्यबस्थापन गर्न तथा कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण र रोकथाम गर्न बनेको गाउपालिका स्तरिय बिपद ब्यबस्थापन कोषमा निजी क्षेत्र९ब्यक्तिगत रुपमा० करिव ६ लाख रुपैया,सरकारी कर्मचारी,गैरसकारी कर्मचारी तथा संघसस्थाहरुबाट करिब ११ लाख रुपैया,स्थानिय तह कञ्चन गाउपालिकाले करिव ५२ लाख रुपैया र प्रदेशबाट १० लाख रुपैया जम्मा भएको कञ्चन गाउपालिकाका स्वास्थ्य प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ । बिषम परिस्थितीमा सहयोग गर्ने देश बिदेशमा रहेका कञ्चनवासीलाई अध्यक्षद्धारा धन्यवाद ब्यक्त कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बिश्वभर महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरसको संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि सदैव कञ्चन गाउपालिका र कञ्चनवासीसंगै आर्थिक,भौतिक,सल्लाह,सुझाव र सर्तक बनाउन महत्वपुर्ण भुमिका खेल्ने कञ्चन गाउपालिकामा क्रियाशिल बिभिन्न राजनैतिक दल,संघसस्था,बुद्धिजीबी,समाजका अगुवा,बिभिन्न पेशा ब्यबसायमा संलग्न ब्यबसायी स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,पत्रकार,पेशाकर्मी,कर्मचारी,शिक्षक लगायत कञ्चनवासीहरुलाई धन्यवाद ब्यक्त गर्नु भएको छ।

कोभिड १९ को संक्रमण रोकिएको छैन,कोभिड १९को संक्रमण झन जटिल बन्न सक्छ तसर्थ लकडाउन नभएतापनि भौतिक दुरी कायम गरी नियमित रुपमा साबुन पानीले शात धुने र भिडभाडमा जांदा सधै मास्कको प्रयोग अनुरोध गर्दै अध्यक्ष क्षेत्रीले कोभिड १९ को संक्रमणलाई रोकथाम तथा न्युनिकरण गर्न बिभिन्न क्लव, टोल बिकास संस्था, समाजका अगुवा बुद्धिजीबी,प्रतिनीधि तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुबाट भएको भुमिका बहुमुल्य रहेको अवगत गराउनु भएको छ। यसरी रातदिन नभनी कोभिड १९ को संक्रमण फैलिन नदिनको लागि स्वास्थ्य क्षेत्रका कर्मचारी,सुरक्षाकर्मी र गाउपालिकाका सबै कर्मचारीले जुन आत्मबलका साथ दैनिक कार्य सम्पादन गर्नमा जुट्नु भयो उक्त कार्यको उच्च मुल्यांकन गर्नुको बिकल्प नभएको बताउदै अध्यक्ष क्षेत्रीले बिपद परिस्थितीमा बिपदमा परी गास,बास र कपासको समेत अभाव झेल्नु परेका बिपन्न परिवार,मजदुर र किसानहरुको उद्धार र राहत संकलनको लागि कञ्चनमा सक्रिय संघसंस्थाहरुले देखाएको सकारात्मक र प्रभावकारी भुमिकालाई कुनै तराजुमा राखेर तौल गर्न नसकिने उल्लेख गर्नु भएको छ। अध्यक्ष क्षेत्रीले बिपद ब्यबस्थापन कोष स्थापना गर्न देश बिदेशमा भएका कञ्चनवासीहरु,कञ्चन भित्र वा बाहिर रहेर पनि कञ्चनलाई कार्य क्षेत्र बनाई सेवा प्रवाह गरिरहेका सेवा प्रदायक संस्था,कार्यलय,सहकारी तथा बित्तिय संस्था,सामुदायिक बन,बिधालयका शिक्षक कर्मचारी,पेशा ब्यबसायमा संलग्न पेशा ब्यबसायकर्मी,समपुर्ण जनप्रतिनीधि लगायतले सौहार्द रुपमा उपलब्ध गराउनु भएको आर्थिक तथा भौतिक सहयोगले कोरोनाको कहरमा जीवन बिताउन बाध्य कञ्चनवासीहरुको राहत तथा उद्धार कार्यका लागि निकै ठूलो सहयोग मिलेको बताउनु भएको छ।

बिशेष गरी छिमेकी देश भारत लायत बिभिन्न तेश्रो मुलुकवाट आएका नेपालीहरुको सुरक्षित क्वारेन्टाइन ब्यबस्थापन गर्नको लागि सामुदायिक बिधालयहरुले आफ्नो बिधालय उपलब्ध गराएर मानवसेवा जस्तो पवित्र कार्यमा सहयोग पुराएका बिधालय,बिधालय ब्यबस्थापन समिति,बिधार्थी,अभिभावक तथा शिक्षक कर्मचारीहरुलाई अध्यक्ष क्षेत्रीले बिशेष धन्यवाद दिदै आगामी दिनमा फेरी कोरोनाको कहर बढ्दै गएको अवस्थामा कञ्चनवासी सबैले एकमन र तनले सहयोग गर्नमा सदैव अग्रसरता देखाउने बिश्वास समेत अभिब्यक्त गर्नु भएको थियो ।