घरमा कहिल्यै अशुभ र दुख प्रवेश गर्न नदिन यी ८ कुरामा अनिवार्य गर्नुहोस

प्रकाशित मिति:

काठमाडौ ।
विभिन्न बास्तुशास्त्रीका अनुसार घरमा शुभ र अशुभ भन्ने चीज घरको विभिन्न कुराहरु नमिल्दा हुने गर्दछ । त्यसैकारण बास्तुले घरमा सकारात्मक र नकारात्मक उर्जा दिने गर्दछ ।साथै घरमा शुभ ल्याउनका लागी विभिन्न वस्तुहरु सही ठाउमा राख्न जरुरी रहेको हुन्छ ।कसैको घरको अवस्था नमिलेर पनि यस्तो हुने गर्दछ ।आफ्नो घरलाई आफै सुन्दर बनाउनका लागी यी कार्य अनिवार्य गर्नुहोस ।

ती हुन 
सुरुवातमा घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गराइ घरमा सकरात्मक सोचको भावना पैदा गर्दछ ।त्यसैगरी घरको सरसफाइमा विशेष ध्यान दिएमा धेरै राम्रो हुने हुन्छ । यदि घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्ने गर्दछ ।त्यस्तै घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन ।

त्यसैगरी घरमा सरसफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।त्यस्तै घरमा परिवारको तस्विर राख्दा दक्षिणपश्चिम दिशामा राख्नु शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ ।त्यसैगरी भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् ।

यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ । त्यस्तै घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तरदक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ ।साथै घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण–पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिएको छ ।बास यति कुरा गर्नुभयो भने घरमा सधै शान्ति रहने हुन्छ ।