लिवर्टी इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत

प्रकाशित मिति:

काठमाडौं । लिवर्टी इनर्जीको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब आइतबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ ।

जसअनुसार यसको पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँभित्र रहेर हुनेछ । यसको एलइसी संकेतबाट कारोबार हुनेछ । लिवर्टीको १ करोड ५० लाख कित्ता सेयर सूचीकरण गरिएको हो ।