कोरोना संक्रमणका कारण बुटवलमा एक पुरुषको मृत्यु

प्रकाशित मिति:

बिपिन नेपाल- बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिकामा एक पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। वडा १० का ६९ वर्षीया पुरुषको शनिवार बिहान १ बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।

भदौ २२ गते कोभिड-१९ पोजेटिभ देखिएपछि लुम्बिनी अस्पतलामा उपचारका लागि भर्ना भएका उनमा निमोनिया, ज्वरो तथा स्वासप्रश्वासको समस्या देखिएको थियो। नेपालमा कोरोनाका कारण यसअघि ३९० जनाको मृत्यु भइसकेको छ।