पश्चिम नवलपरासीमा ४ सय भन्दा बढीमा कोरोना पुष्टि

प्रकाशित मिति:

नवलपरासी, असोज ३ । नवलपरासी । पश्चिम नवलपरासीमा कोरोना संक्रमण हुने व्यक्तिको संङ्ख्या ४ सय नाघेको छ । शुक्रबार एकै दिन ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या ३२ पुगेको हो । संक्रमित मध्य १८ जना सुनवल नगरपालिका भित्रका छन् भने बर्दघाट नगरपालिकाका ९ जना, सुस्ता गाउँपालिकाका ४ जना र प्रतापपुर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनवलमा वडा नम्बर १० का ६ जना, ४ नम्बर वडाका २ जना, ६ नम्बर वडाका २ जना, १ नम्बर वडाको ३ जना, ३ नम्बर वडाको २ जना, ८ नम्बर वडाको १ जनामा संक्रमण पुष्टि भएको छ । बर्दघाटको २ नम्बर वडामा १ जना, वडा नम्बर ४ मा ४ जना, वडा नम्बर १३ मा १ जना, वडा नम्बर ९ मा १ जना, ७ नम्बर वडामा १ जना र १० नम्बर वडामा १ जना रहेका छन् । यस्तै प्रतापपुर गाउँपालिकाको वडा नम्बर २ मा १ जना, सुस्ता गाउँपालिकाको १ नम्बर वडामा १ जना र ५ नम्बर वडामा ३ जनामा गरी जिल्लामा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लाबाट स्वाब संकलन गरी कोरोना परिक्षण्का लागि पठाईएका मध्य २ सय ५५ जनाको नतिजा आउन बाँकि नै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा संक्रिय कोरोना संक्रमित मध्य अधिकांश होम आईसोलेसनमा छन् । स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका अनुसार १ सय ८८ जना कोरोना संक्रमित आफ्नै घरमा बसिरहेका छन् । संस्थागत आईसोलेसनमा भने जम्मा २५ जना रहेका छन् । आईसोलेसनको उचित व्यवस्था नहुनु र भएका आईसोलेसनमा पनि राम्रो व्यवस्थापन नहुँदा अधिकांश संक्रमित घरै बस्न थालेका हुन् भने सरकारले पनि घरमै बस्ने सक्ने व्यवस्था गरेपछि धेरै संक्रमित घरै छन ।