भो अब धेरै भयो एक हुनुस्

३ आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


प्रकाश अधिकारी । समाजवाद र प्रजातन्त्रको व्याख्या भन्दा जनतासामु पार्टीको घोषणापत्र र भिजन लिएर जानुस्
जनतालाई कत्ति भन्नुहुन्छ विपिले जन्माएको पार्टी १०४  वर्षको राणा शासन अन्त्य गर्यौ,प्रजातन्त्र ल्याओ,पञ्चायत फाल्यौँ, १२ वर्षे द्वन्द्वको समझदारी मिलायौँ,लोकतन्त्र ल्याऔँ, कांग्रेसको नेतृत्वमा संविधान जारी गर्यौ भयो अब जनताले धेरै सुने अब पार्टीको घोषणापत्र,भिजन र मिसन लिएर जनतासामु जानपर्ने समय आएको छ।

यो सबै परिवर्तन गरि जनताको अधिकार र स्वतन्त्रताका निम्ति लडेर नेपाली कांग्रेस एक मात्र पार्टी हो यसमा कुनै शंका छैन। तर वीपीको पार्टी भन्दै गर्दा उनको विचार सिद्धान्तमा वर्तमान सम्म आइपुग्दा सच्चै वीपीको बाटोमा हिडिरहेको छ तरु कार्यकर्ताको प्रश्न नै यही छ। पार्टीका नेताहरूले जवाफ दिन सकेका छैनन्। वीपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले अनुसरण गर्न नसकेको गुनासो छ। वीपीको संघर्ष, योगदान र आदर्श चरित्रबारे पार्टीले नयाँ पुस्तालाई जानकारी दिन नसकेको आम कार्यकर्ताको भनाइ छ। समूहिक नेतृत्व भन्दा व्यक्तिवादी नेतृत्व र चरित्रको हावीले भएका कारण अब सुघ्रिएनन् भने पार्टी उदोगति लिने निश्चित छ।

पार्टीको १४ अौँ महाधिवेशन नजिकिँदै जादा नेताहरू ६ तिर फर्कन थालेका छन्। कम्युनिस्टको सरकार छ हरेक काममा भ्रष्टाचार र अनियमितता कुरा उठिरहेको छ। हरेक निर्णय विवादास्पद छ तर नेपाली कांग्रेसको नेतृत्व मौन छ नत जनतामा जान सकेको छ नता कम्युनिस्टको गलत गतिविधिका विरूद्व आवाज निकान्छ नत संगठनको चिन्ता गर्छन् अनि कसरी पार्टी बन्छ। एउटै पार्टीमा पनि सत्ता पक्ष र प्रतिपक्ष गरेर संगठन बन्छ घोषणापत्र र पार्टीको भिजन सहित गाउँसम्म पुग्न नसके अब डेढ वर्षपछि आउने स्थानिय चुनाव र लगत्तै आउने प्रदेश र संघीय चुनावमा कांग्रेसको हालत अहिलेको भन्दा कमजोर हुने पक्का छ।त्यसैले अब सबैका गल्ती कमजोरी स्विकार्दै एक भएर सामुहिक रूपमा अगाडि बढ्यौं।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मनाङमा अमेरीकावाट विभिन्न व्यक्तीहरु द्धारा सहयोग
  • बुटवलको कोरोना अस्पतालमा बिहानै २ जनाको मृत्यु
  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा