मणि उजेश र उदयद्वारा मधुमेहबारे सचेतना कार्यक्रम

प्रकाशित मिति:

झविन्द्र देवकोटा , बुटवल, ३ असोज । मधुमेहबाट रोकथाम र जोगिने उपायका बारेमा लायन्स क्लव अफ बुटवल मणि उजेश र लायन्स क्लव अफ काठमाण्डौ उदयले संयुक्त रुपमा शनिबार एक दिने छलफल कार्यक्रम गरेका छन् । मानव स्वास्थ्यमा मधुमेह जटिल समस्या बन्दै गएकाले यसबाट कसरी जोगिने र खानपान रहनसहनका बारेमा कसरी सचेत रहने भन्ने विषयमा मणि उजेश र उदयले भर्चुअल कार्यक्रम मार्फत आफ्ना सदस्यबीचमा सचेतना छलफल चलाएका हुन् ।

क्लवद्वयले शनिबार जुम एप्स मार्फत कार्यक्रम गर्दै मुलुकभरका लायन्स सदस्यहरुलाई मधुमेह रोगका बारेमा सचेत गराएको लायन्स क्लव अफ बुटवल मणि उजेशका अध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिनुभयो । कार्यक्रममा देवदह मेडिकल कलेजका प्रोफेसर डाक्टर शान्ता शर्माले मधुमेह र लुम्विनी आई ईन्ष्टिच्यूट भैरहवाका डाक्टर विनिता भट्टराई पोखरेलले मधुमेह रेटिनोप्याथीका बारेमा सहजिकरण गर्दै मानव स्वास्थ्यमा पार्ने असर, बच्ने उपाय र रोकथामका बारेमा सहजिकरण गर्नु भएको थियो । डाक्टर द्वयले मधेमेह अहिले कुनै पनि वर्ग, धर्म उमेरलाई नहेरी लाग्ने रोग भएकाले यसबारे सचेतना र खानपान र नियमित योगध्यान र ब्यामले कम गर्न सकिने बारे सहजिकरण गर्नु भएको थियो ।

लायन्स क्लव अफ काठमाण्डौ उदयका सारिका आमात्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स ईन्टरनेशनलका मल्टिपल डिष्ट्रिक इन्फरमेशन टेक्नोलोजि पिएमएफ सुनिल वझा, मल्टिपल डिष्ट्रिक चियर प्रशन अरुणप्रताप राना, पाष्ट डिष्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठ, अरुणप्रताप राना, डिष्ट्रिक इभोलुशन चिफ बिनय बस्नेत, सुनिता श्रेष्ठ, पुरुषोत्तम प्राधानाङ्ग, अर्जुनमान सैजु, नवराज न्यौपाने, एरिया फोरका चिफ सन्दिप कसौधन, मणि उजेशका पुर्व अध्यक्ष सृष्टि गुरुङ्ग, नेहा अग्रवाल, डाक्टर सर्मिला गुरुङ्ग, एलिना श्रेष्ठ लगायतले मधुमेहका बारेमा सचेत रहनु पर्ने बताउदै जीवनशैली र खानपानका बारेमा ध्यान दिनु पर्ने सुझाव दिनु भएको थियो । कार्यक्रममा नेपाल भरीका लायन्स सदस्यहरुको सहभागिता रहेको थियो ।