नवलपरासीको शैक्षिक केन्द्र बिन्दु बन्दै महाकवि देवकोटा

३ आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
असोज ३                                                                    नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा रहको महाकवि देवकोटा माध्यामिक विद्यालय नवलपरासीको शैक्षिक केन्द्र बिन्दु बन्दै गएको सारोकारवालाहरुले बताउनु भएको छ । महाकवि देवकोटा माध्यामिक विद्यालयमा कक्षा नर्सरी देखि १२ कक्षा सम्म अंग्रेजी माध्यायममा पठनपाठन साथै कक्षा ९ देखि १२ सम्म नेपाली माध्यायमबाट पनि पठनपाठन हुने गरेको छ । कक्षा ११ र १२ मा विज्ञान , व्यवस्थापन , शिक्षा , मानविकी र कानुन विषय समुहका विषयहरु संचालन रहेको छ । त्यस्तै सिटिइभिटि अन्र्गत प्राविधिक धार तर्फ अटोमोवाइल इन्जिनिरिङ कार्यक्रममा टिएसएल सि १८ महिने र ३६ महिने डिप्लोमा इन अटोमोवाइल इनिजनेरिङ संचालनमा रहेको हुदा विद्यालय नवलपरासीको शैक्षिक केन्द्र बिन्दु बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले बताउनु भयो ।

शैक्षिक सत्र २०७१ साल देखि उच्च शैक्षिक नतिजा लगातार ५ बर्ष सम्म प्राप्त गरि नेपाल सरकारले निर्धारण गरेको सुचकहरु पुरा गरि जिल्लाकै अग्रणी स्थानमा रहि नमुना विद्यालय विकासमा छनौट भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालले जनाकारी दिनुभयो । साथैे विद्यालय सुधार गुरुयोजना निर्माण गरी सुनवल नगरपालिकाबाट स्वीकृत गराई कार्यन्वयनको चरणमा रहेको बताउदै अध्यक्ष अर्यालले अब विद्यालय नवलवरासीको शैक्षिक केन्द्र विन्दुको रुपममा विकास भइसकेको बताउनु भयो । त्यस्तै विद्यालयमा उच्च स्तरको विज्ञान प्रयोगशाला, वैकल्पिक उर्जाको व्यवस्था, इ हजारी , नर्ससहितको प्राथमिक उपचार केन्द्र, खेलकुद मैदान, उच्च स्तरको कम्प्युटर प्रयोगशालको व्यवस्था, विद्यार्थीहरुको लागी वस सुविधा, पुस्तकालय, र कक्षा ५ सम्मका विद्यार्थीहरुलाई निशुल्क दिवा खाजाको व्यस्था रहेको अध्यक्ष अर्यालले जनाकारी दिनुभयो ।

समग्र शैक्षिक गतिविधिको वारेमा जानकारी गराउदै विद्यालयले यसै शैक्षिक शत्र देखि ३ बर्षे अटोमोवाइल इन्जिनिरिङको डिप्लोमा कोर्ष मार्फत दक्ष जनशक्ती उŒपादन गरीरहेको जनाएको छ । जसका लागी यहि असोज १४ गते भित्र भर्ना भइसक्नुपर्ने छ । जम्मा ४८ कोटा रहेको ३ बर्षे डिप्लोमा कोर्ष ६ सेमिष्टरमा पुरा हुने छ भने त्यसका लागी ४० साधारण कोटा, ४ पुर्ण शुल्किय लक्षित कोटा, ४ वर्गिकृत निशुल्क छात्रवृत्ति कोटा रहेको विद्यालयले जनाएको छ । ३ बर्षै अटोमोवाइल इन्जिनिरिङ डिप्लोमा कोर्ष पढ्ना चहानेले मान्यता प्राप्त संस्थाबाट एसएलसि पास गरेको वा एस ई इ मा विज्ञान विषयमा सि ग्रेड र अंग्रेजि विषयमा डि प्लस ल्याएको हुने पर्ने साथै टिएसएल सि पास गरेकाले कम्तिमा ६८ दशमलव ३३ प्रतिशत ल्याएको हुनेपर्ने विद्यालयका प्रध्यानाध्यापक खेमलाल शर्माले जानकारी दिनुभयो । त्यसै गरि छोटो अवधिको प्राविधिक धारतर्फको तालिम विभिन्न बिषयमा संचालन रहेको, खुल्ला एस।ई।इ संचालन रहेको र प्रि रिक्वेस्ट कोर्स ९ प्राविधि धार तर्फको पुरक पाठ्यक्रम संचालनमा रहेको शर्माले जानकारी दिनुभयो । कोभिडका कारण पठनपाठनमा प्रभावित यस समयमा गाइडलाईनै वनाएर ५ ओटै चरणहरुबाट शैक्षिक गतिविधि संचालन गरेको र निजीविद्यालयहरुसंग प्रतिस्पर्धा गर्दै शिक्षण सिकाइलाई आधुनिक र प्रविधि मैत्रि बनाउने शर्माको भनाई छ ।


जिल्लाकै नमुना विद्यालयका रुपमा रहेको यस महाकवि देवकोटा माध्यामिक विद्यालयमा शैक्षिक, व्यवस्थापकिय साथै भौतिक सवै क्षेत्र अव्वल रहेको विद्यालयका सहायक प्रध्यानाध्यापक रुकमागत वस्यालले बताउनुभयो ।
२०१६ सालमा सरस्वती प्रा वि नामाकरण गरि स्थापना भएको विद्यालय २०३८ साल देखि कक्षा ९ र १० पठनपाठन सुरु गर्दै २०४० सालमा विद्यालयको नाम परिर्वतन गरि महाकवि देवकोटा बनाइएको थियो । २०५५ साल देखि कक्षा ११ र १२ संचालन भएको विद्यालयमा २०५९ साल देखि सि टि इ भि टि कार्यक्रममा टेक्नीकल एस एल सी को नाम परिर्वतन भई प्रि डिप्लोमा इन अटोमोवाईल इन्जिनेरिङ कार्यक्रम संचालन भएकोमा २०७६ सालमा डिप्लोमा इन अटोमोवाइल इन्जिनिरिङ विषयमा पनि सब इन्जिनियर संचालन हुदै आएको विद्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया