बिहिबार देखि बेपत्ता नेपाल अझै भेटिएनन्

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – बुटवलबाट गत बिहिवारदेखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपाल शनिबार साँझसम्म भेटिएका छैनन् । सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत नेपाल फर्साटिकर बजारमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् ।

बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं- को मोटरसाइकल १२:१५ बजे निस्केकोमा घरमा नगई बेपत्ता भएका छन्। खोजतलास गर्ने क्रममा उक्त नम्बरको मोटरसाइकल प्रहरीले बुटवल उपमहानगरपालिका–६ स्थित नहरको छेउमा फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको तथा नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहरमा खसेको हुन सक्ने आशंकामा प्रहरीले शनिबार नहरको पानी बन्द गरेर दिनभर खोजी कार्य गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए । बेपत्ता नेपालका एक छोरा र एक श्रीमती रहेकी छिन् ।