गजल – खुसी हुने कुन छ भन्दा फेरि भेटौँला (पवित्रदीप)
३ आश्विन २०७७, शनिबार ० बिचार / प्रतिक्रिया

गजल,
लेखक पुर्ण भण्डारी “पवित्रदीप”
खुसी हुने कुन छ भन्दा फेरि भेटौँला ।
साँच्चै मन रुन्छ भन्दा फेरि भेटौँला ।।
माया गाढा हुन्न रे सँगै हुँदा जस्तो ।
दिमागले ओठ थुन्छ भन्दा फेरी भेटौँला ।।
एउटै भुगोल भित्रै त हो तिमी र म प्रिय
किन सकस् हुन्छ भन्दा फेरि भेटौँला ।।
विश्व एउटै गाउँ भो प्रविधिले तर ।
कता कता छुन्छ भन्दा फेरी भेटौँला ।।
सधै सँगै बसौँ न हुँदैन र सानु ।
पृथ्वी नै घुम्छ भन्दा फेरी भेटौँला ।।
प्रभाव थियो तिम्रो अभाव हुँदा यो पूर्ण ।
तिमीलाई नै चुम्छ भन्दा फेरी भेटौँला ।।
फेसबुकबाट तपाईको प्रतिक्रिया