भोलिदेखि आन्तरिक उडान

४ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, असोज ४ । वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा सबै सिटमा यात्रु राख्न पाउने भएका छन्। जसले गर्दा आन्तरिक उडानको भाडा नबढ्ने भएको छ। असोज ५ गतेदेखि आन्तरिक उडान सुरु हुँदै छ। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीलाई पत्राचार गरेर उडान सञ्चालन हुने जानकारी दिएको छ। यसअघि मन्त्रालयले भौतिक दूरी कायम गर्न निर्देशन दिएको थियो। त्यस्तै, ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने उल्लेख गरेको थियो।

तर, यसको वायुसेवा कम्पनीले विरोध गरेका थिए। त्यसपछि भएको छलफलमा सबै सिटमा यात्रु राख्न पाउने सहमति बनेको हो। जसअनुसार, अब भाडा नबढ्ने भएको हो। पहिलो नौ दिनमा थोरै मात्रै उडान हुने भएको छ। यस अघिको तुलनामा २५ प्रतिशत मात्रै उडान गरिने भएको छ। यो अवधिमा सबै विमानस्थलमा उडान हुनेछ। त्यसपछि थप कार्यतालिका आउनेछ। यात्रुको उपलब्धता र वायुसेवा कम्पनीको माग अनुसार थपिने मन्त्रालयले जनाएको छ। आन्तरिक उडानमा स्वास्थ्य सतर्कता भने अपनाउनुपर्नेछ । यसका लागि स्वास्थ्य क्लिनिक पनि राखिने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग