नेपाली कांग्रेसमा प्रवेशको लहर

प्रकाशित मिति:

सरकारको गलत क्रियाकलापले कार्यकर्ताहरु निरास भएको आरोप

रुपन्देही क्षेत्र न ५ मा नेपाली कांग्रेस प्रवेश गर्नेको लर्को लाग्न थालेको छ । बर्तमान नेकपा सरकारले गरेका गतिविधिबाट असन्तुष्टि भएर दलका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गर्न थालेका छन । आईतबार पुर्व एमाले गजेडी गाउ कमिटिका सचिब यम बहादुर कार्की , गिरि बहादुर पुन सहित नेकपाका २६ जना अगुवा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरे । यस्तै साविक गजेडीका माओबादी जन सरकार प्रमुख कमल पौडेल प्रवेश, पुर्व समाजबादी फोरमका स्थानीय नेताहरु समेत कांग्रेसमा आईतबार नै प्रवेश गरेका छन ।वर्तमान नेकपाको सरकारले जनता विरोधि काम गर्दै जाँदा लोकतान्त्रीक पार्टि नेपाली कांग्रेसलाई साथ दिनको लागि नेपाली कांग्रेसमा प्रवेश गरेको नव प्रवेश गरेकाहरुको भनाई छ ।

पार्टि प्रवेश कार्यक्रम तिर्थ कुमारी थारुको सभापतित्वमा आयोजना गरिएको हो । सो अवसरमा कांग्रेसका जिल्ला नेताहरुले एक पछि अर्को गलत क्रियाकलापका कारण वर्तमान सत्तारुढ दलका कार्यकर्ताहरु अस्तित्व रक्षाका लागि कांग्रेसमा आएको बताए । कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही उपसभापति फडिन्द्र प्रसाद शर्माले क्षेत्र न ५ मा विकासप्रेमी नेता भरत क्मार शाहको कार्यशैली र कांग्रेसका क्रियाशिलताले पार्टि प्रवेशको लहर चलेको बताए । प्रदेश सभा सदस्य फकरुद्धिन खा ले जनताले कम्युनिष्टहरुको भम्र राम्रोसंग बुझेकोले परानै पार्टि कांग्रेसमा आउनेक्रम वढेको बर्ता । सो क्षेत्रको प्रदेश सभाका उम्मेद्वार युवा नेता विष्णु पोखरेलले जनताललाई विपदमा पनि नहेर्न भ्रष्ट सरकारका विरुद्ध अभियान चलाउन सकै जना कांग्रेसमा गोलवद्ध गर्नुको विकल्प नभएको बताए ।

सो अवसरमा नेपाली कांग्रेस क्षेत्रीय सभापति वसी उल्लाह मुसलमान , प्रदेश क्षेत्रीय सभापति राम बहादुर थापा , जेष्ठ राजनीतिक सदस्य बासुदेव पौडेल लगायतले बोलेका थिए ।कांग्रेसमा नव प्रवेशी पुन र कार्कीले नेकपा विरुद्ध भित्रभित्रै जनतामा निकै ठुलो विद्रोहको अवस्था रहेको बताए । यस अघि पनि सैनामैना नगरपालिका , कञ्चन र गैडहवा गाउँपालिकाबाट नेकपाका थुप्रै स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । यसले गर्दा अबको चुनावमा नेकपालाई क्षेत्र नं। ५ रुपन्देहीमा ठुलो धक्का लाग्न सक्ने आकलन कांग्रेस नेताहरुले गरेका छन ।