अर्घाखाँचीको मालारानी गाउँपालिका वार्ड नं २ को वीरेन्द्र मा विमा आजदेखी पठनपाठन सुरु

४ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


दिपेन्द्र खत्री , अर्घाखाँची ।   असोज  – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं २ गतेरमा रहेको श्री वीरेन्द्र माविले आज देखि वैकल्पिक सिकाई सहजीकरण कार्यविधि  वमोजिम व्यक्तिगत सुरक्षा विधि अपनाई सिकाई सहजीकरण गरि पठनपाठन सुरु गरेको छ।बिधालयमा अर्को सूचना नआउन्जेल सम्म पठनपाठन हुने भएको छ। कोभिड १९को कारण यस बिधालयमा दैनिकी स्कुल खोल्ने,विद्यार्थी भर्ना गर्ने काम भएपनि पठनपाठन भएको थिएन। यस विद्यालयको स्थापना वि।स। २०३०सालमा भएको थियो,भने पछिल्लो समय नेपाल सरकारले बैकल्पिक शिक्षा लागु गरेको भएपनी कोभिड १९ को समय पढाई ५ तरिकाले पढ्न सक्ने निड्य अनुसार, रेडियो, टिभी,अनलाइन, शिक्षक टोल-टोल गएर पढाउने, कम्प्युटर इत्यादि माध्यम पठनपाठन गराउने भनिएपनि यो ठाउँमा भौगोलिकको हिसाबले असुविधा भएको कारण विद्यार्थीलाई सहज तरिकाले पढाउने काम नभएको उक्त बिधालयका शिक्षक प्रदिप बन्जाडेले बताउनु भयो।

विद्यार्थीहरुलाई बिधालय आउनु भन्दा पहिले र बिधालय बाट घर गए लगत्तै साबुनपानीले हात अनिवार्य धुनुपर्ने, माक्स अनिवार्य लगाउनुपर्ने, निड्य गरि बिधालय संचालनमा ल्याईएको हो।उक्त बिधालयमा आज पहिलो दिनमै २८० जना विद्यार्थीको उपस्थिति रहेको थियो। विद्यालयमा बिद्यार्थी बिहान १०स् बजे पुगिसक्नुपर्ने दिउसोको ३० मिनेट हापछुट्टि हुने , साथै भिडभाड हुने कारणले खेल खेल्न बिद्यार्थी लाई बन्चित गरिएको छ,उक्त बिधालय दिउसो २ वजे नै छुट्टी हुने उक्त बिधालयका शिक्षक अनिल आचार्यले वताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग