श्रीमतीको हत्या गर्ने अभियुक्त रुपन्देहीमा पक्राउ !

प्रकाशित मिति:

सबलपोस्ट २५ कात्तिक बुटवल । श्रीमतीको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका–७ योगिकुटी घर भई पोखरा लेखनाथ महानगरपालिका–२७ रिठेपानी डेरा गरी बस्ने २८ वर्षीय दुर्गाबहादुर घर्ती छन् ।

गत कात्तिक २२ गते राति ३४ वर्षीया श्रीमती शर्मिला घर्ती जिसीलाई श्रीमान दुर्गाबहादुरले आफ्नै डेरा कोठामा हत्या गरी फरार भएका थिए।

उनलाई शनिबार दिउँसो रुपन्देहीको सिद्धार्थ नगरपालिका–३ बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।