कोरोनाका कारण बर्दघाट नगरपालिकामा अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा बन्द

प्रकाशित मिति:

प्रकाश न्यौपाने

नवलपरासी, असोज ४
नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भएपछि नगरपालिकाको अत्यावसेक सेवा बाहेकका सवै सेवा बन्द भएको छ । नगरपालिकाले आज एक सुचना जारि गर्दै अत्यावस्याक बाहेकका अन्य सेवाहरु बन्द गरेको जनाएको छ । नगरपालिकाका कर्मचारी तथा कर्मचारीका परिवारमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङका क्रममा केहि जनप्रतिनिधि र कर्मचारीहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको र पिसिआर रिपोर्ट आई अर्को सुचना जारी नहुँदा सम्मका लागि असोज ४ गते देखि नगरपालिकाको कार्यालयबाट प्रबाह हुने अत्यावसेक बाहेका सेवाहरु स्थगन गरिएको सुचनामा उल्लेख छ । यस अवधीमा वडा कार्यालय संगै नगरपालिका माताहतका अन्य कार्यालयको सेवा भने यथावत रुपमै संचालन हुने कार्यकारी प्रमुख मेधनाथ पाध्यले जानकारी दिनु भयो ।