कोरोनाको प्रभाव कम गर्न संगित सिक्न व्यस्त छन् स्याङ्जाका बिद्यार्थी ।

प्रकाशित मिति:

राधाकृष्ण डुम्रे \ स्याङ्जा  , कोरोनाको कारण बिद्यालय बन्द भए पछि बिद्यार्थीहरु पढाई अस्तव्यवस्त भएको छ तर स्याङ्जाका केही बिद्यार्थीहरु भने संगित सिक्न व्यवस्त रहेकाछन् ।
गल्याङ नगरपालिका वडा नम्वर १ मा रहेको रामनदीधाम सस्कृत गुरुकुलका बिद्यार्थीहरु कोरोनाको प्रभाव कम गर्न भन्दै संगितको प्रशिक्षण लिई रहेकाहुन् ।  मारुन एकेडेमी अफ प्रफमिङ्ग आर्टस वालिङको सहयोग तथा रामनदीधाम गुरुकुलको समन्वयमा एक हप्ते संगित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

बिद्यार्थीहरुको मस्तिष्कमा कोरोनाका प्रभाव कम परोस् र बिद्यार्थीहरुमा संगित ज्ञान दिन सकियोस् भन्ने उद्देश्यले संगित पाठशाला सञ्चालन गरिएको गुरुकुलका प्रार्चाय कूष्ण प्रसाद वस्यालले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “विद्यार्थीको मनोविज्ञानलाई बुझि हामीले बिशेष कक्षा सञ्चालन गरेका हौं । विद्यार्थीहरु पुर्बीय दर्शनामा आधारित शास्त्रीय संगित र पश्चिमी शास्त्रीय संगितका विविध क्षेत्र गायन ,गितार, हार्मोनियम ,मादल ,किबोड तथा बासुरी बाधडा लगायतमा प्रशिक्षण दिईएको मारुन एकेडेमीका प्रमुख एबं संगित गुरु पवन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले बिद्यार्थीहरुलाई गीत संगित सिकाउने कार्य निरन्तर जारी राख्ने छौं ।

घरमा नै बसेका बिद्यार्थीहरुलाई कोरोनाको असर कम पार्नको लागि जिल्ला अन्य बिद्यालयमा पनि संगितको निशुल्क प्रशिक्षण कक्षा सञ्चालन गरिने मारुन एकेडेमी वालिङका व्यवस्थापक सबिना दाहाल अधिकारीले जानकारी दिनुभयो । बिद्यार्थीहरुमा मोबाईल तथा मोबाईलमा हुने बिभिन्न खाले गेमको लत नै बसेको पाइएपछि संगितका कक्षाहरु शुरु गरिएको व्यवस्थापक अधिकारीले बताउनु भयो ।  प्रशिक्षण कार्यक्रमा ४० जना बटुकहरुको सहभागिता रहेको छ ।