बुटवल देविनगर मनकामना पथमा आगलागी

प्रकाशित मिति:

मधुसूदन नेपाल- बुटवल–११ देविनगर मनकामना पथमा आगलागी भएको हो । तीन तल्ला रहेको उक्त घरको पहिलो तल्लामा रहेको मोबाइल पसलबाट आगलागी सुरु भएको स्थानीयले बताए । राती ९ बजे आगलागी भएपनि दमकल भने आधा घण्टा पछि आएको स्थानीय केदार घिमिरेले बताए ।

बुटवल उपमहानगरको दमकल, प्रहरी लगाएतले आगो निभाउने प्रयास गरेपनि मेडिकल र मोबाइल पसलमा भने पूर्ण क्षति भएको उनले बताए । आगलागी भएको उक्त घर भीम बहादुर थापाको ,क्षति भएको मेडिकल लक्ष्मण नेपालीको र मोबाइल पसल कृष्ण नेपालीको बताइएको छ। मोबाइल पसलबाट सुरु भएको आगलागीले पूरै घरमा के कति क्षति गर्यो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी छ ।