रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नेपाल मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्र आश्रम बुटवलद्दारा सविंधान दिवस, विश्व शान्ति दिवस तथा मानव धर्मका प्रणेता परमपुज्य श्री सतपालजी महाराजको पावन जन्मोत्सवको अवसरमा कोभिड–१९ को विश्व महामारीले सिर्जित रक्त अभावलाई मध्ये नजर गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शिवराज गौतमको संयोजकत्वमा संचालित उक्त कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गर्नु भयो ।हालको विषम परिस्थितिमा व्यक्तिगत स्वार्थभन्दा माथी उठेर आम नागरिकको जीवन रक्षाका लागि अमुल्य रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदाताहरुका साथै रक्तसञ्चार केन्द्र बुटवलका स्वास्थ्य स्वयमसेवी ज्युहरु, शर्मिला एग्रीकल्चर का सञ्चालक ज्यु, नियमित रक्तदाता संघ का अध्यक्ष ज्यु, स्वयम् सेवकदल, युवा संगठन सदस्यज्युहरु लगाएत सम्पुर्ण सहयोगी हातहरुलाई लुम्बिनी क्षेत्र आश्रम प्रमुख महात्मा चाँदना वाईजीले धन्यवाद ज्ञापन गर्नुभयो