बिहिबार देखि बेपत्ता नेपालको शब तिलोत्तमा फेला

प्रकाशित मिति:

मधुसूदन नेपाल – बिहिबार देखि देखि बुटवल को नहरबाट बेपत्ता बिस्णु नेपालको शब तिलोत्तमा १६ को छतिस  मौजाको कुलो अन्तरगतको बिहुलीमा सोमबार प्राप्त भएको छ । उनको सोमबार बिहान तिलोत्तमा-११ मधौलिया स्थित कुलोमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिहँ राठौरले बताए ।

नेपाल बिहीबार राति १२ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए । नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरिएको थियो ।

४४ बर्षिय नेपाल शुद्धोधन गाउँपालिका–४  मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत रहेका थिए भने नेपालको फर्साटिकर बजारमा रहेको भावना मेडिकल हलका सञ्चालक समेत हुन् । नेपालको श्रीमती र एक छोरा रहेका छन् ।उनका दाजु छबि नेपाल पनि उपचारको क्रममा हिजो काठमान्डौमा मृत्यु भएको थियो भने आज नेपालको शव पाँच दिन पछि भेटिएको छ।

थप समाचार