बिजुली नआए उर्जामन्त्रीको सचिवालयमा फोन गर्नुहोस्

प्रकाशित मिति:

सरकारले पछिल्लो समयमा विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेको बताएको छ।  सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के। भी। प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको उर्जामन्त्रीको सचिवालयले बताएको छ।

पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न समेत सचिवालयले भनेको छ।

सम्पर्कका लागि मन्त्री पुनको सचिवालयको हटलाइन नम्बर–११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न भनिएको छ।