प्रतितोला २ सय रुपैयाँले बड्यो सुनको भाउ

प्रकाशित मिति:

काठमाडौं : सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढेको छ  । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार  छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

यसदिन चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ । यसअघि, आइतबार छापावाल सुनको भाउ तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।