एनएमबी हाईब्रिड फण्ड र एनएमबी ५० को प्रतिफल घोषणा

प्रकाशित मिति:

काठमाडौं । एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी हाईब्रिड फण्ड एल १ र एनएमबी ५० को प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक एनएनबि क्यापिटलको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीलाई गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट प्रतिफल दिने घोषणा गरेको हो ।

जसमध्ये एनएमबी हाईब्रिड फण्ड एल १ को ईकाइधनीहरुलाई आर्थिक वर्ष २०७६र७७को नाफाबाट कर सहित ८ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।त्यस्तै, एनएमबी ५० को ईकाईधनीहरुलाई आर्थिक वर्ष २०७६र७७ को नाफाबाट कर सहित ५ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने निर्णय भएको छ ।उक्त प्रतिफल वितरण गर्ने प्रयोजनका लागि दुबै योजनाहरुको आगामी असोज १६ गते एक दिनको लागि बुक क्लोज हुने भएको छ ।