हिम चितुवाको नामले प्रख्यात आरोही आङरिता शेर्पाको निधन

५ आश्विन २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, असोज ५ :हिम चितुवाका नामले संसारभर प्रख्यात कीर्तिमानि आरोही आङरिता शेर्पाको निधन भएको छ। उनको सोमबार बिहान १० बजे काठमाडौंको जोरपाटीस्थित निवासमा निधन भएको हो।

७२ वर्षीय शेर्पा लामो समयदेखि लिभर र ब्रेनसम्बन्धी रोगबाट पीडित थिए। उनले अक्सिजनबिना १० पटक सगरमाथाको सफल आरोहण गरेका छन्। जसले गर्दा उनलाई हिम चितुवाको उपनाम दिइएको हो। सोलुखुम्बुका बासिन्दा शेर्पा केही समयदेखि छोरीसँगै काठमाडौंमा बस्दै आएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया