एक महिनामा प्रहरीको पक्राउमा परे ८३ फरार प्रतिवादी

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल-स्याङ्जा ५ असोज। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले धमाधम विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ । एकै दिन प्रहरीले ४८ जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला अदालत स्याङ्जाले कतव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशबण्डा, सम्वन्ध विच्छेद, कुटपिट लुटपिट लगायतको मुद्धा फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार प्रहरीले विभिन्न मुद्धाका प्रतिवादीहरु एक महिनाको अन्तरालमा ८३ जनालाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका ८३ जना मध्ये हाडनाता करणी मुद्धामा २ बर्ष कैद तोकिएका २३ बर्ष देखि फरार हरीनास गाँउपालिका ५ बर्ष ६४ का कर्णबहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्धामा २ बर्ष कैद तोकिएका १५ बर्ष देखि फरार चापाकोट
नगरपालिका ४ बर्ष ४५ का भक्त सुनारी मगर, डाका चोरी मुद्धामा ६ बर्ष कैद तोकिएका १० बर्ष देखि फरार हरीनास गाँउपालिका १ बर्ष ६२ का लालबहादुर नाम्जाली पक्राउ पछि कैद भुक्तानका लागि जिल्ला कारगार पठाइएको छ भने अन्य जरिवना तिरेर छुटकारा पाएको प्रवक्ता अधिकारीले जानकारी दिए । लुकीछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको बताइएको छ ।

विभिन्न मुद्धामा परेका अभियुक्तहरु जिल्ला अदालतले कैद फैसला सुनाएका
प्रतिवादीहरु जिल्लामा धेरै संख्यामा रहेको देखिन्छ प्रहरी प्रवक्ता अधिकारीले भने,“फरार रहेका प्रतिवादीहरुको खोजी तिब्ररुपले भएको छ ।” ३ सयको संख्यामा अझै फरार प्रतिवादीहरु रहेका छन् उनले भने । प्रहरीको तथ्याङ्क अनुसार फरार रहेका प्रतिवादीहरु केहीको मृत्यू भएको र केही विदेश र केही अझै लुकिछिपी हिडेको जनाएको छ । अदालतले कैद वा जरिवानाका लागि सुनाएको फैसलालाई कार्यन्वयन गराउने दायीत्व प्रहरीको रहेकोले जिल्ला प्रहरी मातहतका सबै इकाईहरुलाई फरार प्रतिवादीहरुको खोजीका लागि बिशेष खालको निर्देशन दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द्र वोगटीले बताए । धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेपछि राजस्वमा समेत बृद्धि हुने बताइएको छ ।जिल्लाको शान्ति सुरक्षा अमनचयनमा कुनै कशुर बाँकी नराख्ने गरी विशेष खालको सुरक्षा विधि अपनाइएको प्रहरी उपरिक्षक वोगटीले बताए ।