सारथी र नयाँ नेपाल लघुवित्तको सुरु भयो एकीकृत कारोबार

काठमाडौं, सारथी र नयाँ नेपाल लघुवित्त एक आपसमा मर्ज भएर आज सोमबार ९असोज ५ गते० बाट एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले भदौ ५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृति दिएका थिए । दुवै एक भएपछि अब सारथी नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको छ । केन्द्रीय कार्यालय धुलिखेलमा रहनेछ । दुवै कम्पनीको असार ८ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् । सारथी लघुवित्त नेप्सेमा सूचीकृत नभएको संस्था हो भने नयाँ नेपाल लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको नेप्सेमा सूचीकृत लघुवित्तको हो । राष्ट्र बैंकको मर्जर नीतिका कारण पछिल्लो समय लघुवित्त कम्पनीहरुमा गाभ्ने तथा गाभिने प्रकृया तीब्र देखिएको छ । दुवै कम्पनी एक आपसमा मर्ज हुने भएपछि गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको सेयर कारोबार रोक्का भएको थियो ।
@Nepalipaisa
फेसबुकबाट तपाईको प्रतिक्रिया