सानिमा जनरललाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाटअनुमति पाएको छ । बोर्डबाट कम्पनीले सोमबार आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।
कम्पनी निष्काशनले गर्न लागेको उक्त आईपीओलाई केयर रेटिङ्ग नेपालले ुकेयर एनपी वीवी प्लसु रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ।कम्पनीको आईपीओ एनआईसी एशिया क्यापिटललाई निष्काशन गर्नेछ । सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया