साँक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली ,असोज ५,  दाङ- दाङको राप्ती गाउँपालिकाकामा न्याय, सुरक्षा र सुशासनको क्षेत्रमा काम गर्दै आएको कपिलबस्तुमा रहेको माहुरी होमले राप्ती गाउँपालिकामा साक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण गरेको छ ।

डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तु, राप्ती गाउँपालिका, प्रहरी कार्यालयको संयुक्त प्रयासमा शान्ति सुरक्षा स्थापन गर्न नागरिकलाई घटना, अपराध, अपराधि र पिडितका बारेमा जानकारी गरिएको छ ।संस्थाको कार्यक्षेत्र रहेको वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री को अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारि चौधरि को प्रमुख आथित्यतामा भएको कार्यक्रममा साक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि निगरानी समुह, महिला समुह, सहकारी, प्रहरी, जनप्रतिनिधि, कर्मचारी प्रतिनिधिहरुलाई अभिमुखिकरण गरिएको हो ।

प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक नविन पाण्डेले घटना, अपराध, अपराधि र पिडित, घटना स्थल, साक्षि, भौतिक सबुत, मौखिक वा लिखत कागजि सबुद, केरकारलाई सघाउ पुराउने तथ्यहरू लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।कार्यक्रममा घटना घटेको स्थलको सुरक्षाका लागि आम नागरिक तथा प्रहरीले गर्नुपर्ने कार्य तथा पीडितको न्यायका लागि र स्थलको महत्वका लागि अपराध, अपराधि र पिडित बिच त्रिपिक्षय सम्बन्ध स्थापित गर्ने, अपराध भयको हो भन्ने कुरा प्रमाणित गर्ने भौतिक सबुत नस्ट हुन नदिई संकलन गर्ने, मौखिक वा लिखत कागजि सबुद प्राप्त गर्ने केरकारलाई सघाउ पुराउने तथ्यहरू पत्ता लगाउने, घटनास्थलको पुन निर्माणमा सहयोग गर्ने, उचित प्रणाली अपनायर भौतिक सबुदहरू जस्ताको त्यस्तै संकलन गर्न अवस्यक रहेको जानकारी गरिएको छ ।

घटनास्थल जाँचबाट सूचनाहरु प्राप्त गर्नअपराध के हो, हत्या, आत्महत्या, भवितव्य वा दुर्घटनाबारे जानकार हुन आवस्यक रहेको बताईएको छ । अपराधी को हो, पीडित को हो, साक्षी को हो, घटना कहाँ घटित भयो, अपराधी कहाँ छ, अपराध किन घटित भयो कारण, अपराध कसरी घटित भयो, अपराध कहिले घटित भयो मिति, समय बारे जानकार हुन आवस्यक रहेको बताईएको छ ।सबुदको परीक्षणबाट व्यक्ति विशेषको पहिचान नहुने तर समूह पहिचान गर्न मद्धत पुग्ने भौतिक सबुदलाई समूहगत गुण भएका भौतिक सबुद, सबुदको परीक्षणबाट व्यक्ति विशेषको पहिचान हुने भौतिक सबुदलाई व्यक्तिगत गुण भएका भौतिक सबुदका बारेमा समेत प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक नविन पाण्डेले जानकारी गराउनु भएको छ ।घटनास्थलको वर्गिकरण गर्दा बन्द घटनास्थल, खुल्ला घटनास्थल र अटोमोवाईल घटनास्थल गरि तीन प्रकारमा विभाजीत हुने भएकोले अपराधिले अपराध गर्दा अपनायको बाटो का आधारमा घटनास्थलको बिभाजन गरिने र सो अपराधीको जानकारी र पहिचानको लागि घटना स्थल सुरक्षितहुनपर्ने बताईएको छ ।

घटनास्थलमा पुग्दा अपनाएको बाटो, घटनास्थल भित्र प्रबेश गरेको स्थान, घटना घटित भएको ठाउँ ,मुख्य ठाउँ र घटनास्थल र घटना घटाएर फर्किएको ठाउँ घटनास्थलको जाँचवाट अपराघ केहो हत्या आत्महत्या वा दुर्घटना चन्न् वारे थाहा हुन सक्छ, अपराधी को हो, कहाँ भयो ,किन घटना घट्यो, अपराध कहिले घटेको हो भन्ने वारे थाहा हुने गर्दछ । भौतिक सबुत, सबुत प्रमाणका रूपमा घटना घटाउन प्रयोग भएका सामाग्रिहरूलाई लिईन्छ । सबुतले अनुसन्धान लाई सहि बाटो देखाउन सकिन्छ । अपराध अनुसन्धानको उदेश्य सबुद प्रमाणको आधारमा सहि अपराधि सम्म पुग्न मदत पुग्ने सहभागीहरुलाई जानकारी दिईएको सामाजिक परिचालक पुष्पा बन्जाडेले जानकारी दिनुभयो ।