पश्चिम नवलपरासीमा ५४ जनामा कोरोना पुष्टि

प्रकाशित मिति:

प्रकाश न्यौपाने
नवलपरासी, असोज ५ गते
पश्चिम नवलपरासीमा आज एकै दिन ३० प्रहरीसहित ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुनवल नगरपालिका वडा नम्बर ३ स्थित दंगा प्रहरी गणमा रहेका ३० जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । संक्रमित प्रहरी २० बर्ष देखि ५२ बर्ष सम्मको उमेर समुहका पुरुष रहेका छन् ।

जिल्लाको पाल्हीनन्दन गाउपालिका वडा नं.४ का २५,२२ बर्ष पुरुष, वडा नं. ३ का ५०, २१ बर्ष पुरुष र ४० बर्ष महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । रामग्राम नगरपालिका वडा नं. ४ का ४८ र २६ बर्ष महिला र सोही वडाका २८,१९,३८ र ४० बर्षका पुरुष, वडा नं. ९ का ३० र ६५ बर्ष महिला, वडा नं. ३ का ३५,४८,६ बर्ष पुरुष र २०,४८,२७ बर्ष महिला वडा नं. १८ का १९ बर्ष पुरुष, वडा नं. ११ का २०,२२,२९ र २२ बर्ष पुरुषमा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले जानकारी दिनुभएको छ । यो संगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या ४ सय ९९ पुगेको छ ।

स्थानिय तह अनुसार सवैभन्दा बढि संक्रमित सुनवल नगरपालिकामा १ सय ५३ जना पुगेका छन् । सुनवलमा संक्रमित भएका मध्ये ३१ महिला र १ सय २२ पुरुष रहेका छन् । बर्दघाटमा हाल सम्म संक्रमितको संख्या ६५ पुगेको छ । जस मध्ये २७ महिला र ३८ जना पुरुष रहेका छन् । रामग्राम नगरपालिकामा कोरोना संक्रमितको संख्या ८५ पुगेको छ जहाँ १८ जना महिला र ६७ जना पुरुष रहेका छन् । प्रतापपुर गाउँपालिकामा अहिले सम्म संक्रमितको संख्या ३१ पुगेको छ । सुस्ता गाउँपालिकामा ४३ जनामा कोरोना संक्रमण भएको छ जसमध्ये ५ जना महिला र ३८ जना पुरुष रहेका छन् । सरावल गाउँपालिकामा १४ जना संक्रमित भएका छन् जहाँ ६ जना महिला र ८ जनजा पुरुष रहेका छन् । पाल्हिनन्दन गाउँपालिकामा १०८ जना कोरोना संक्रमित भएका छन् । जहाँ ३१ महिला र ७७ जना पुरुष रहेका छन् ।

जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । मृतक रामग्राम नगरपालिकाका २ जना, पाल्हिनन्दन गाउँपालिकाका २ जना र सुस्ता गाउँपालिकाका १ जना रहेका छन् ।