पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई लगाम लगाउन वडा अध्यक्ष एकजुट

६ आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


महेसपुर, ५ असोज । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्तालाई लगाम लगाउन उनैका वडाअध्क्षहरु एकजुट भएर कसिएका छन् । गाउँपालिकामा आफनो मनपरि गर्दै भष्टाचार र अनियमितता गर्ने र वडा अध्यक्ष समेतलाई कुटपिट गराउन खोजेपछि गाउँपालिकाका उपाध्यक्षको नृतेत्वमा ४ जना वडा अध्यक्षहरु उनी विरुद्ध खनिएका हुन् ।
आज परासी स्थित विपि स्मृति भवनमा गाउँपालिका उपाध्यक्ष पावित्रा कोहारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वडा १ अध्यक्ष लल्लन यादव, वडा २ का अध्यक्ष रामनगिना सिंह, वडा ४ का अध्यक्ष संजय कुमार पाठक, वडा ५ का अध्यक्ष ओम प्रकाश तेली, कार्यपालिका सदस्य कमलेश माली, कार्यपालिका सदस्य ईन्दा हरिजन, कार्यपालिका सदस्य राजकुमारी सहितले गाउँपालिका अध्यक्ष दिपक गुप्ताको ज्यादती र अनियमितता बारे भाँण्डा फुटालेका हुन् ।
गाउँपालिका अध्यक्षद्धारा वडाअध्यक्ष माथि कुटपिटको प्रयास गत भदांै ७ गते शुक्रबारका दिन गाउँपालिका दिपक गुप्ताले सोही गाउँपालिकाकाको वडा ५ का अध्यक्ष ओम प्रकाश गुप्तामाथि सांघातिक आक्रमण गरेको उलने सम्मेलनमा आरोप लगाए । वडा अध्यक्ष गुप्ताले भने, गाउँपालिका अध्यक्ष दिपकले पालेको मुद्रे गुण्डाहरु लगाएर म माथि कुटपिट गर्ने प्रयास गराएपनि आफुँ गाउँपालिका भित्र भएकाले सुरक्षित भएको तर मेरो वडाका कार्यालय सहयोगी राजेश कुर्मीलाई ५÷६ जना मुद्रे केटाहरु हेलमेट र मास्क लगाई कुटपिट गर्दै गाली ग्लौज आरोप लगाए ।
गत भदांै ७ गते शुक्रबार वडा अध्यक्ष गुप्ता कार्यालय पुगेका थिए कि उनले डयुटीमा खटिएका नगरप्रहरी कार्यालय अगाडी कुर्मीमा बसी रुखमा खुट्टा राखी एक महिला संग अनावश्यक गफ गरिरहेको देखेपछि उनको सिकायत गर्ने उद्देश्यले फोटो खिचेका थिए । तर ति नगर प्रहरीले गाउँपालिका अध्यक्ष दिपक गुप्तालाई बढाईचढाई सुनाएपछि अध्यक्ष दिपक गुप्ताले बाहिरबाट वाईसिएलका ५÷६ जना पालिएका गुण्डाहरु लगाएर वडा अध्यक्ष ओम प्रकाश गुप्ता माथि आक्रमण गराएको वडा अध्यक्ष गुप्ताले सम्मेलन मार्फत जानकारी गराए ।
त्यस्तै पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष र ४ जना वडाअध्यक्ष सहित ३ जना कार्यपालिका सदस्यहरुले क्रोना भाईरसको रोकथाम तथा न्युनिकरणका लागि व्यवस्थापन गरिएको क्वारेन्टाईन, आईशोलेसन र स्वास्थ्य सामाग्री खरिदको खर्च भरपाई पटक पटक माग गर्दा नपाएको र सघ संस्थाद्धारा नगद तथा जिन्सी प्राप्त सहयोगको समेत विवरण दिन आलटाल गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै कार्यपालिकाको बोर्ड बैठकले १२ जना मात्र स्वयंसेक शिक्षक भर्नाका लागि निर्णय गरेपनि गाउँपालिका अध्यक्ष दिपकले सो निर्णयलाई लत्याउदै १४ जना भर्ना गरेको र सो भर्ना अवैधानिक रहेको भन्दै अख्तियार दुरुप्योग अनुसन्धान आयोग बुटवले पत्र पठाएपनि ति शिक्षकहरुलाई मद थपदै तलब खुवाउदै आएका विज्ञप्तीमा उल्लेख छ । पटक पटक ताकेदा गर्दापनि कार्यपालिकाको बैठक नबोलाउने र राजनितिक शक्तिको आँडमा धम्की र त्रास देखाउने कार्य गर्दै आएको वडाअध्यक्षहरुले आरोप लगाए ।
पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्रं यादव, अध्यक्षद्धय मुकरजी गिरी, नेपाली कांग्रेसका सचिव विक्रम यादव, पार्टीका जिल्ला नेता राधेश्याम पाठक, पार्टीको संगठन विभाग प्रमुख राजेन्द्र सहानी लगायतले भ्रष्टाचार र कुटपिट गर्ने गाउँपालिका अध्यक्ष दिपक गुप्तालाई कार्वाहीको लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । सो पत्रकार सम्मेलनमा र आगामीका दिनमा गरि कार्यहरुहरु प्रति जसपको पुर्ण साथ र सहयोग हुने जसपाले जनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा