बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको कार्यसमिति बिस्तार, सदस्यमा पोखरेल मनोनित

बुटवल, असोज । नेपाली कांग्रेस निकट बिपि बिचार राष्ट्रिय समाज रुपन्देहीको सदस्यमा युवा ब्यवसायी शिवराज पोख्रेल मनोनित भएसंगै समाजको जिल्ला कार्यसमिति थप बिस्तार भएको छ ।
नियुक्त गरिएका पोख्रेल रूपन्देहीमा रहेको होटल होलिडेका सञ्चालक एव नेपाल घरवहाल सरोकार महासंघका केन्दिय सदस्य र नेपाली काङ्ग्रेस सैनामैना वडा सदस्य पनि हुन् । पोख्रेल थपिएसंगै समाजको जिल्ला अध्यक्ष शरद भट्टराईको नेतृत्वको २३ सदस्यीय कार्यसमिति थप बिस्तार भएको हो । समाजको जिल्ला उपाध्यक्ष शारदा गौतम, सचिव कृष्ण पोखरेल, सहसचिव गणेशचन्द्र पोखरेल, नेत्र प्रसाद भट्टराई, कोषाध्यक्ष रामकृष्ण पौडेल रहेका छन् ।
यस्तै समाजको सदस्यहरुमा बासु रिमाल, गुरु पराजुली, महम्द सइद मुसलमान, सबर मिश्रा, भाग्य बहादुर काउछा, दिपा अर्याल, चन्द्रमान चौधरी, चिरन ढकाल, चित्रलाल तुलाचन, जमुना सापकोटा, अमृत पाण्डे, खिमानन्द खनाल, बाला घिमिरे, नारायण न्यौपाने, राजु रोक्का, अखिलेश्वर शुक्ला र नवनियुक्त शिव प्रसाद पोख्रेल रहेका छन् । समाजले नेपाली कांग्रेस र बिपि बिचार राष्ट्रिय समाजलाई निरन्तरता दिने काम तथा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया